फुटसल प्रतिस्पर्धा, सहभागी विद्यालयलाई ट्रफी

भक्तपुर १५ कात्तिक। सात स्कुल सहभागी रहेको ‘फुटसल फ्रेन्डसिप म्याच’ बुधबार सम्पन्न भएको छ।

जी सेभेन एजुकेशन फोरमले आयोजना गरेको फुटसल कार्यक्रम गठ्ठाघरस्थित प्रोमोसनल फुटसल ग्राउण्डमा भएको थियो। छात्रातर्फबाट एउटा र छात्रतर्फबाट सिनियर र जुनियर गरी दुई भागमा प्रतिस्पर्धा गरिएको थियो।

स्पर्धामा छात्रातर्फबाट प्रथम, द्वतिय र तृतिय क्रमशः अमिनिटि इङ्लिश स्कुल, ग्लोरी इङ्लिश सेकेण्डरी स्कुल र माउण्ट सिनाइ स्कुल इङ्लिश बोडिङ स्कुल भएको थियो।

सिनियर छात्रतर्फबाट अमिनिटि इङ्लिश स्कुल पहिलो, सुप्रिम एकेडेमी दास्रो र ग्लोरी इङ्लिश स्कुल तेस्रो भएको थियो भने जुनियर छात्रबाट शंखधर मेमोरियल स्कुल पहिलो, सुप्रिम ऐकेडेमी दोस्रो र ग्लोरी इङ्लिश स्कुल तेस्रो भएको थियो।

स्पर्धामा प्रथम, द्वतिय र तृतिय हुने विद्यालयलाई मेडल प्रदान गरिएको थियो।

स्पर्धामा कसैलाई पक्षपात नहोस भनेर सहभागी विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक जीवन श्रेष्ठले जानकारी दिए।

:1176 Views

Leave a Reply