क्वेष्टद्वारा विद्यार्थीको गुणस्तर बढाउन राष्ट्रिय सम्मेलन

काठमाडौँ । विद्यार्थी गुणीय चक्रको १४ औं राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि शिक्षामा गुणीय चक्र (क्वेष्ट) नेपालले आयोजना गरेको तीन दिने सम्मेलन काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालक्सी पब्लिक स्कूलमा भइरहेको छ।

कार्यक्रमको उद्घाटन शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले गरका हुन् । सम्मेलनबाट स्कुलका विद्यार्थीहरुले आफुलाई सर्वगुण सम्पन्न व्यक्तिका रुपमा विकास गर्न सक्ने क्वेष्ट नेपालका अध्यक्ष राजकुमार महर्जनले बताए।

सम्मेलनमा विद्यार्थीहरुले कोलावोरेटिभ कोलाज, चित्रकला, कथा लेखन, हिज्जे प्रतियोगिता, क्वालिटि हाजिरी जवाफ, प्यानल डिस्कसन, मनशा स्मृति सर्वगुणीय व्यक्ति अवार्ड जस्ता कार्यक्रममा सहभागिता जनाउने छन्। साथै बिद्यार्थीहरुले जिम्न्याष्टिक फर अल, फुटबल जग्लिङ्ग, बिज्ञान सम्वन्धी कार्यशाला, डिजिटल कार्यशालामा समेत सहभागी बनी जीवन जिउने कला सिक्ने महर्जनको विश्वास छ।
सम्मेलनमा देश भरीका २० वटा हबहरुबाट छानिएका विद्यार्थी प्रतिनिधिहरुले आफ्नोे गुणिय चक्रमार्फत ६ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्छन्। कार्यक्रममा उनिहरुले समस्याको पहिचान, विश्लेषण र समाधानका बारेमा र उनिहरुले आफ्नो व्यक्तित्व विकास तथा विद्यार्थी गुणीय चक्रबाट पाएका फाइदाहरुका विषयमा बोल्नेछन्।
हरेक वर्ष देशव्यापी रुपमा क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणीय चक्र प्रर्वद्धनका लागि स्थानिय सम्मेलन र क्षेत्रीय सम्मेलन पछि राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ।
यस सम्मेलनमा झापा, सुनसरी, मोरङग, बारा, मकवानपुर, धनुषा, चितवन, कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा, धनगढी, सुर्खेत, काभ्रे, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट ९० विद्यालयका ६०० जवान आवासीय र ४०० जवान गैर आवासीय विद्यार्थी सहभागी भएका छन्। २ सय पर्यवेक्षक, शिक्षक–शिक्षिका, प्रधानाध्यापक तथा शिक्षाविदहरुले सहभागिता भएका छन्।
यस सम्मेलनमा सहभागी विद्यार्थीहरुको हौसलाका लागि अमेरिका, स्वीट्जरल्याण्ड र श्रीलंकाबाट अन्तर्राष्ट्रिय व्यक्तिको समेत सहभागिता रहनेछ ।
हाल २०० भन्दा वढि विद्यालयहरुमा सहायक पाठ्यक्रम तथा पाठ्यक्रमको रुपमा विद्यार्थीहरुको गुणीय चक्रको प्र्रशिक्षण तथा पठन पाठन भईहरेको छ ।

:830 Views

Leave a Reply