अब शिक्षकको गुणस्तर ‘चेक’ गर्ने बेला आएको छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै गुणस्तरीय हुनुपर्ने बताएका छन् ।
विद्यार्थी गुणीय चक्रको १४औं राष्ट्रिय सम्मेलनको उद्घाटनको क्रममा मन्त्री पोखरेलले विद्यार्थीको गुणीय चक्र परीक्षण गरेजस्तै शिक्षकको पनि गुणस्तर परीक्षणको समय आएको बताएका हुन् ।
‘अहिलेको अवस्थामा नेपालको सार्वजनिक शिक्षा कमजोर बन्दै गएको छ, यसको मुख्य कारण शिक्षक गुणस्तरीय नहुनु हो ।’ उनले भने । मन्त्री पोखरेलले विद्यार्थी गुणीय चक्रका गतिविधिबाट आफू प्रभावित भएको बताउँदै विद्यार्थीको वैयक्तिक भिन्नतालाई बुझेर प्रभावकारी ढंगबाट ज्ञान हस्तान्तरण र प्रतिभा प्रस्फुटनका लागि शिक्षक नै बढी सक्रिय हुनुपर्नेमा जोड दिए ।
सोही अवसरमा उनले विद्यार्थीलाई स्वदेशमै काम गर्ने भावना विकास गराउने काममा गुणस्तरीय शिक्षाका अभियान्ताहरुले पहल गर्न जरुरी रहेको बताए । विद्यार्थी गुणीय चक्रको सो सम्मेलनमा देशभरका विद्यालयस्तरका करिब एक हजार ५ सय विद्यार्थीको सहभागिता रहेको छ । सम्मेलन तीनदिनसम्म चल्ने आयोजकले जनाएको छ ।
यो पनि हेर्नुस् : http://nuwagi.com/2504/
:1448 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव