मावि तृतीय तहमा दरखास्त दिन दशमहिने तालिम नचाहिने

teachers-assoiation.jpg

भक्तपुर ११ असार । शिक्षक सेवा आयोगले दश महिने तालिम नलिएकाले पनि शिक्षक दरबन्दीका लागि दरखास्त दिन सक्ने जनाएको छ ।

माध्यमिक तहको तृतीय श्रेणीमा रिक्त पदका लागि खोलेको विज्ञापनमा उम्मेद्वारमा हुनुपर्ने न्यूनतम योग्यतामा शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको वा शिक्षा शास्त्रमा कम्तिमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख भए पनि जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको निर्देशनमा भने दश महिने तालिम नलिएका व्यक्ति प िउम्मेदवार हुन पाउने उल्लेख गरिएको छ ।

आयोगले पठाएको लिखित निर्देशनमा विज्ञान, गणित, लेखा, अङ्ग्रेजी, कम्प्युटर, सिभिल इञ्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयमा स्नातक गरेको व्यक्ति उम्मेद्वार हुन पाउने उल्लेख छ ।

त्यसको लागि उम्मेद्वारले भने स्थायी अध्यापन अनुमति प्राप्त गरेको हुनुपर्छ । यस्तै, कार्यरत स्थायी शिक्षक र प्राथमिक तहको लागि अपाङ्गता भएको व्यक्तिले पनि दश महिने तालिम नलिए पनि दरखास्त भने दिन पाउने आयोगले जनाएको छ ।

:358 Views

Leave a Reply