‘पढाउन नजान्ने सरकारी शिक्षक चाहिँ तलब मात्र खाने, प्राइभेटका भने पिल्सिने ?’

भक्तपुर । भक्तपुरका दश संस्थागत विद्यालयहरुको समूह वी क्यान नेपालले दश शिक्षकलाई ‘शैक्षिक रोशन २०७५’ द्वारा सम्मान गरेको छ ।
शिक्षण क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप भक्तपुरका १० विद्यालयका १० शिक्षकलाई सम्मान गरिएको वी क्यान नेपालका संयोजक रत्नबहादुर राईले जानकारी दिए ।
सो सम्मान अन्तर्राष्ट्रिय शिक्षक दिवस(अक्टोबर ५) को अवसरमा प्रदान गरिएको आयोजकले जनाएको छ ।
सम्मानित हुने शिक्षकहरुमा रोशन इङ्गलिश स्कुलका अनिशा खड्का, रोम्बस सेकेण्डरी स्कुलका सूर्यप्रसाद तिमल्सिना, रोशम स्कुलका संगीता लाखा, क्रियटिव इङ्गलिश स्कूलका बिनु कवां, एबी स्कुलका कैलाश पौडेल, ग्लोबल लाइफ स्कुलका जीतराम बासुकला, सिरिन केन स्कुलका सानु कर्माचार्र्य, सिद्धिदास माविका रजनी कुँवर, रोम्बस नेशनल स्कुलका गोमा श्रेष्ठ र नियोलोजिन स्कुलका नन्दा कार्की रहेका छन् ।
सम्मानित शिक्षकमध्ये रोम्बस सेकेण्डरी स्कुलका नेपाली विषय शिक्षक सूर्यप्रसाद तिमल्सिनाले आफूजस्ता शिक्षकलाई गरिएको सम्मानबाट अझ बढी जिम्मेवार बनाएको अनुभव सुनाए ।
‘शिक्षक पेशाप्रति धेरै खालका असन्तुष्टिहरु र शिक्षकप्रति नै आरोप प्रत्यारोपसँगै केही नपाएपछि गरिने पेशाको रुपमा आइरहेको समयमा हामीप्रति गरिएको सम्मानले अझ हौसला मिलेको छ ।’ उनले भने ।
ती शिक्षकहरुलाई सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले सम्मान गरेका थिए ।
सो क्रममा नगरप्रमुख थापाले नेपाली शिक्षामा गुणस्तर धान्ने काम प्राइभेट स्कूलले धानेको बताउँदै शिक्षकलाई जिम्मेवार बन्न आग्रह गरे।
उनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार नगरपालिका मातहत आएपछि सरकारी विद्यालय सुधारको लागि आफूले काम गरेको र निकट भविष्यमै संस्थागत विद्यालयलाई नियमन गरिने बताए ।
‘सरकारी शिक्षकले मेरो पुत्ला मात्र दहन गर्न मात्र बाँकी राखे, मुद्धा हाले, तर आखिरीमा नगरपालिकाले गरेको काम नै सही रहेको भनेका छन् ।’ आफ्नो नगरक्षेत्रमा १४० सरकारी र १ सय ५६ संस्थागत विद्यालय रहेको उल्लेख गर्दै उनले प्राइभेट विद्यालयको विपक्षमा आफूले काम नगर्ने पनि जानकारी दिए ।
उनले समृद्ध नेपाल बनाउनमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै प्राइभेट स्कुलका शिक्षकलाई पनि उचित तलब दिन विद्यालय सञ्चालकहरुसँग अनुरोध गर्दै सरकारी विद्यालयका शिक्षकले तलब खाने, नपढाउने गरेको बताए । ‘सरकारीमा पढाउन नजान्नेले पनि तलब खाइरहेका छन्, प्राइभेटमा भने शिक्षक शोषित छन्, यसलाई मिलाउनुपर्छ ।’
कार्यक्रममा प्रा.डा. एवं साहित्यकार देवी नेपालले शिक्षक सम्मानले शिक्षकलाई उर्जा दिन सहयोग पुग्ने बताउँदै असल र कुशल शिक्षक बन्नु चुनौतिको विषय रहेको चर्चा गरे ।
उनले शिक्षकलाई प्रदान गरिएको सम्मानसँगै सम्मानसँगै अझ जिम्मेवारी बोध हुने भएकाले सम्मानको संस्कार विकास भएकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान भक्तपुरका अध्यक्ष राजेन्द्र कोजू, मानवअधिकार आयोग प्रदेश नं. ३ का अध्यक्ष यज्ञ अधिकारी र गायक राजकुमार तामाङ र रोशम स्कुलका प्रिन्सिपल लोकेन्द्र अर्यालले शिक्षक सम्मानबारे चर्चा गरेका थिए ।
:1207 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव