स्काउटको हाइकिङ, दरवार स्क्वायरबाट डोलेश्वरसम्म

काठमाडौं, १९ कात्तिक। सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल एकेडेमीको २ दर्जन ट्रिटन स्काउटले भक्तपुरको इतिहासिक क्षेत्रमा हाइकिङ गरेका छन्।

ट्रिटनका स्काउट गुरु शिवकुमार त्वायनाका अनुसार स्काउटहरुले विश्व सम्पदामा सुचिकृत भक्तपुर दरवार स्क्वायर, ५ तल्ले मन्दिर (न्यातापोल), ऐतिहासिक सिद्धपोखरी, सुर्यविनायकस्थित गणेश मन्दिर, र डोलेश्वर महादेव मन्दीर अवलोकन गरेका थिए।

पदयात्रा शुरु गर्नुअघि जिल्ला स्काउट कार्यालयले हाइकिङबारे जानकारी दिँदै नक्सा र चिठ्ठी दिएका थिए।

स्काउट भक्तपुर दरबार स्क्वायरबाट ५ किलोमिटर हाइकिंग गरेर डोलेश्वरसम्म पुगेका थिए।

:719 Views

Leave a Reply