स्कुल–स्कुल मिलेर देउसी भैलो

भक्तपुर, १९ कात्तिक। काठमाडौंस्थित फेरिल्याण्ड मन्टेश्वरी र भक्तपुरस्थित वीङ्स मन्टेश्वरी स्कुल मिलेर देउसी भैलो खेलेका छन्।
वीङ्स स्कुलमा आयोजना गरिएको देउसी भैलो कार्यक्रममा स्कुलको निमन्त्रणामा नै फेरिल्याण्ड स्कुलको यु.के.जीको विद्यार्थी र शिक्षकहरु सहभागी भएका थिए।
आइतबार भएको सो कार्यक्रमबाट विद्यार्थीले प्रयोगात्मक रुपमै देउसी भैलो खेली संस्कृति सिक्ने फेरिल्याण्डकी प्रिन्सिपल चन्दमा खत्रीले बताइन्।
‘देउसी भैलो भनेकै अर्को ठाउँमा गएर खेल्ने गरिन्छ, त्यसैले पनि हामीले आफ्नो स्कुलबाट बाहिर गएर मनाएका थियौं’ उनी भन्छिन्, ‘अर्को स्कुल त्यो पनि स्टेजमा गएर नृत्य गर्दा बालबालिकाको आत्मविश्वास बढ्छ साथै बालबालिकाहरु यात्रा गरेर अर्को स्कुलमा गई सांस्कृतिक पोशाकमा प्रस्तृति दिदाँ खुसी भए।’
कार्यक्रममा दुवै स्कुलले देउसी भैलो सम्बन्धि गीतमा एक–एक नृत्य गरेका थिए भने दुवै स्कुलका विद्यार्थीले देउसी भैलो भट्याएका थिए। दुवै स्कुलले एकअर्काकासँग प्रस्तृति आदानप्रदान गरेका थिए।
:1049 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव