अभिभावकको निमन्त्रणा : स्कुलको देउसी–भैलो

भक्तपुर, २० कात्तिक। भक्तपुरस्थित विङ्स मन्टेश्वरीले अभिभावकको घर घर पुगेर देउसी–भैलो मनाउने गरेको छ।
यस वर्षको तिहारअन्तर्गत सोमबारको काग तिहार र मंगलबारको कुकुर तिहारमा पनि स्कुलले अभिभावकको घरमा पुगी देउसी–भैलो खेलेको स्कुलले जानकारी दिएको छ।
यो परम्परालाई विद्यालयले विगत दुई वर्षदेखि निरन्तरता दिइरहेको छ। देउसी–भैलोका लागि विद्यालयले कक्षा युकेजीका विद्यार्थीलाई परिचालन गर्ने गरेको स्कुलकी प्रिन्सिपल रञ्जना भण्डारीले बताइन्।
‘देउसी भैलोका लागि कक्षा युकेजीको विद्यार्थीको अभिभावक भेला गरेर कुन घरमा जाने भनी निश्चित गर्छौं, प्रिन्सिपल भण्डारीले भनिन्, ‘अभिभावक कै निमन्त्रणामा विद्यालयले देउसी भैलोको टोली लिएर जाने गरेको छ।’
उनीहरुले सोमबार ५ वटा घरमा देउसी–भैलो खेले भने आज ५ घरमा खेल्ने प्रिन्सिपल भण्डारीले जानकारी दिइन्। उनीहरुले एउटा घरमा १ घण्टा देउसी–भैलो खेल्छन्।
‘सबै अभिभावकको घरमा जाने सम्भव नभएकाले हामी पायक पर्ने, आँगन फराकिलो भएको विद्यार्थीको घर छान्छौं।’ उनले भनिन्। अभिभावकले विद्यालयलाई खुसी साथ स्वागत गरेका थिए।
:977 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव