देउसी– भैलो प्रतियोगितामा विनायक प्रथम, सनसाइन दोस्रो, माउण्ट भ्याली तेस्रो

भक्तपुर, २० कात्तिक। नेपालीहरुको दोस्रो ठूलो चाडको रूपमा रहेको तिहारमा खेलिने ‘देउसी– भैलो’ को प्रतियोगिता नै भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीबीचको सो प्रतियोगितामा मध्यपुर थिमीको विनायक शिक्षा निकेतन प्रथम भएको छ।
भक्तपुरको कमलविनायकमा रहेको इस्ट प्वाइन्ट स्कुलले वि.सं. २०६४ सालदेखि गर्दै आएको देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा विनायक शिक्षा निकेतनका विद्याथीहरुले अन्य विद्यार्थीलाई उछिन्दै रनिङ्ग शिल्ड प्राप्त गरेको आयोजक विद्यालयले जनाएको छ।
उक्त स्पर्धामा १३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। स्पर्धाको दोस्रोमा सनसाइन नेशनल स्कुल, तेस्रोमा माउण्ट भ्याली र सान्त्वनामा क्रियटिभ लर्नस् स्कूल भए।
सोमबारबाट सुरु भएको तिहारको पहिलो दिन अर्थात काग तिहारको दिन सम्पन्न सो प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक परम्परा जोगाउन विद्यालयस्तरबाटै क्रियाकलाप गर्नु पर्नेमा जोड दिए। उनले सो अवसरमा विद्यालयबाट प्रकाशित स्मारिमा पनि विमोचन गरे।
कार्यक्रममा जिल्ला अदालत कास्कीका न्यायाधिस लालकाजी श्रेष्ठ, प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीलयायतले तिहारको शुभकामनासँगै देउसी भैलोको सान्दर्भिकताबारे चर्चा गरेका थिए।
:804 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव