मण्डलामय बन्यो जेन्यूइन

भक्तपुर । भक्तपुरको देकोचास्थित जेन्यूइन सेकेण्डरी स्कूलले तिहारको अवसरमा सोमबार मण्डला बनाउने प्रतियोगिता र देउसी भैलो कार्यक्रम गरेको छ ।
कला र संस्कृतिप्रति जिम्मेवारी बोध गराउन र सिर्जनात्मक कलाको विकास गर्न कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
‘समयानुसार सक्षम, सबल, जिम्मेवार नागरिक निर्माणमा निरन्तर लागि विद्यालयले जीवनपयोगी व्यवहारिक शिक्षाका माध्यमबाट हरेक विद्यार्थीमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन र व्यक्तित्व विकास एवं सामाजिकरण गर्दै लान कार्यक्रम गरिएको हो।’ विद्यालय प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने । यस्ता कार्यक्रमबाट कला संस्कृतिको प्रवद्र्धन र सम्वद्र्धन हुने उनको भनाइ छ ।
कार्यक्रममा मण्डला बनाउनका लागि छुट्याइएका विद्यार्थीहरुको समूहले रुचिपूर्वक रंगीन र पृथक खालका मण्डला बनाएर विद्यालय परिसरलाई मण्डलामय बनाएका थिए ।
त्यही अवसरमा स्थानिय लगायत विभिन्न भेषभुषामा सजिएका साना नानीहरुबाट विद्यालयका विभिन्न शाखाहरु लगायत नजिकै रहेको शिशु स्याहार केन्द्रमा समेत देउसी भैलो र नाचगान गरी एक आपसमा खुशी साटासाट गरेको विद्यालयले जानकारी दिएको छ।
‘यस्तो कार्यक्रम आयोजनाले संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै विदेशी संस्कृतिको प्रभाव पनि न्युनीकरणका गर्न र अपनत्वको विकास गरी सहकार्य र आपसी समझदारीमा एकचित्त भई कार्य गर्नुपर्ने सन्देश प्रवाह गर्न सकिन्छ ।’ प्रिन्सिपल बिजुक्छेंले भने ।
:484 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव