कुन विषय पढ्न कति जीपीए ?

GPA

काठमाडौं ११ जेठ । शनिबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजासँगै विद्यार्थीहरूमा कक्षा ११ मा कुन विषय छनोट गर्ने भन्ने छलफल सुरु भइसकेको छ ।

विज्ञान पढ्न : विज्ञान विषय अध्ययन गर्नका लागि एसईईको परीक्षामा कम्तीमा २.० जीपीए ल्याउनुपर्छ । साथै गणित र विज्ञान विषयमा सी साथै अंग्रेजी, नेपाली र सामाजिकमा डि प्लस हुनुपर्छ ।

व्यवसायिक विषय जस्तै जीव विज्ञान, वनस्पति विज्ञान, इलेट्रिक्ल इन्जिनियरिङ, सीभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ विषय अध्ययन गर्नका लागि १.६ जीपीएका साथै विज्ञान, गणित र अंग्रेजीमा सी प्लस हुनुपर्छ भने नेपाली र सामाजिक विषयमा डी प्लस ल्याउनुपर्छ ।

विज्ञान विषय अन्तर्गत पर्ने भौतिक, रसायन, जीव विज्ञान, गणित, कम्प्युटर विज्ञान र कृषि विषय अध्ययन गर्नका लागि २ जीपीएका साथै विज्ञान र गणित विषयमा सी प्लस हुनुपर्छ भने अंग्रेजीमा सी र नेपाली र सामाजिक विषयमा डी प्लस हुनुपर्छ ।

व्यवस्थापन विषयका लागि : यो विषय अध्ययनका लागि १.६ जीपीए आउनुपर्छ साथै अंग्रेजी, नेपाली, गणित र सामाजिकमा डी प्लस हुनुपर्छ ।

मानविकी र शिक्षा संकायअन्तर्गतका विषयका लागि: मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि १.६ जीपीए आउनुका साथै नेपाली, सामाजिक र अंग्रेजीमा डी प्लस हुनुपर्छ ।

स्वास्थ्यका लागि: प्राविधिक स्वास्थ्य विषय अध्ययनका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस हुनुपर्छ । यसैगरी इन्जिनियरिङ अध्ययनका लागि गणित र विज्ञानमा सी प्लास ल्याउनुपर्ने मापदण्ड छ । स्वास्थ्य सम्बन्धि विषय अध्ययन गर्नका लागि विद्यार्थीले एसईईको परीक्षामा न्यूनतम २.० जीपीए ल्याउनुका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा सी प्लस आउनुपर्छ ।

कृषिका लागि: कृषिसँग सम्बन्धि विषय पढ्नका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये एउटामा डी प्लस हुनुपर्छ ।

यतिमात्र होइन, विषयगत ग्रेडिङका आधारमा पनि विद्यार्थीले कुन विषय पढ्न पाउने नपाउने भनि निर्धारण गरिएको छ । गणित, भूगोल, एकाउन्ट, अर्थशास्त्र, कम्प्युटर साइन्स, मनोविज्ञान, टिचिङ म्याथम्याटिक्स, इलिमेन्ट अफ फाइन्स, ज्योतिष, विजेनश, विजेनस म्याथ प्लस टुमा अध्ययनका लागि एसईईको परीक्षामा १.६ जीपीए आउनुपर्छ । साथै गणित विषयमा सी र अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक विषयमा डी प्लस आएमा मात्र यी विषय लिइ प्लसमा अध्ययन गर्न सकिन्छ ।

मासकम्यूनिकेशन, होटेल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम अध्ययन गर्नका लागि १.६ जीपीएका साथै अंग्रेजीमा सी र नेपाली, गणित र सामाजिक विषयमा डी प्लस आएमा मात्र प्लस टुमा यी विषय लिन सकिन्छ ।

इतिहास, राजनीति, साँस्कृति, होम साइन्स, समाजशास्त्र दर्शन, लाइब्रेरी एण्ड इन्फरमेसेन साइन्स अध्ययन गर्नका लागि १.६ जीपीएका साथै सामाजिक विषयमा सी र अंग्रेजीमा डी प्लस आउनुपर्छ ।

मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापानीज, उर्दु, जर्मन, चाइनिज लगायतका भाषाका विषयहरु अध्ययन गर्नका लागि एसईईको नतीजामा १.६ जीपीए र अंग्रेजीमा डी प्लस हुनुपर्छ । त्यस्तै डान्स, गीत, पेन्टिङ, खेलकूदलगायतका विषय अध्ययन गर्न १.६ जीपीएका साथै अंग्रेजीमा डी प्लस आएको हुनुपर्छ ।

सामान्य कानुन, संस्कृत, साहित्य, वेद, नीतिशास्त्र, बुद्ध शिक्षा, कानून, पढ्नका लागि एसईईको परीक्षामा १.६ जीपीएका साथै नेपाली, अंग्रेजी र सामाजिक विषयमा डी प्लस ल्याउनुपर्छ ।

अंग्रेजी, वैकल्पिक अंग्रेजी, शिक्षण अंग्रेजी र भाषा सम्बन्धि अध्ययन गर्नका लागि १.६ जीपीएका साथै अंग्रेजीमा सी र नेपाली र सामाजिक विषयमा डी प्लस आउनुपर्छ ।

नेपाली र शिक्षण नेपाली अध्ययन गर्नका लागि १.६ जीपीएका साथै नेपाली विषयमा सी र अंग्रेजी र सामाजिक विषयमा डी प्लस हुनुपर्छ ।
भौतिक शिक्षा, रसायन शिक्षा , जीव विज्ञान शिक्षा र शिक्षण विज्ञान अध्ययन गर्नका लागि १.६ जीपीएका साथै विज्ञान र गणितमा सी हुनुपर्छ भने अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस आउनुपर्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुनका लागि पनि मापदण्ड तोकेको छ । सीटीईभीटी पाठ्यक्रम समितिले डिप्लोमा अन्तर्गतका इन्जिनियरिङका सम्पूर्ण कार्यक्रममा भर्ना हुनका लागि अंग्रेजी विषयमा कम्तीमा डी प्लस र गणित र विज्ञानमा न्यूनतम सी ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकेको छ ।

त्यस्तै डिप्लोमा तहमै कृषि, फुड तथा डेरी टेक्नोलोजी र फरेस्ट्री विषय अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञान गरी तीन विषयमध्ये कुनै दुई विषयमा मात्र सी ल्याएपनि हुने र एक विषयमा भने डी प्लसमात्र ल्याए पनि हुन्छ । डिप्लोमा इन होटल म्यानेज्मेन्ट उद्यमशीलता विकास विषय पढ्न एसईईमा अंग्रेजी, गणित र विज्ञानमा तीनै विषयमा कम्तीमा डी प्लस मात्र ल्याए पुग्छ ।

फोटो स्रोत :केन्द्रबिन्दू ।

:932 Views

Leave a Reply