२३ प्रतिशत सामुदायिक विद्यालयमामात्र कम्प्युटर !

सूचना तथा प्रविधिको युग, कम्प्युटरको युग भनेर राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले कम्प्युटर शिक्षाको महत्वबारेमा भाषण गरे पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले नै त्यस्तो तथ्य बाहिर ल्याएको हो । सो मन्त्रालयलयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म जम्मा आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले बताए ।
काठमाडौं ११ असार । देशभरका कूल ३५ हजार सामुदायिक विद्यालयमध्ये २३ प्रतिशतमा मात्र कम्प्युटर शिक्षाको पहुँच पुगेको सरकारले जनाएको छ ।
सूचना तथा प्रविधिको युग, कम्प्युटरको युग भनेर राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले कम्प्युटर शिक्षाको महत्वबारेमा भाषण गरे पनि शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले नै त्यस्तो तथ्य बाहिर ल्याएको हो । सो मन्त्रालयलयअन्तर्गतका ३५ हजार सामुदायिक विद्यालयमध्ये हालसम्म जम्मा आठ हजार १७४ विद्यालयमात्र सूचना प्रविधिका लागि कम्प्युटर शिक्षाको पहुँच पुगेको मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले बताए ।
कम्प्युटरका पहुँच पुगेका ती विद्यालयमध्ये करीब ३५ प्रतिशतमा इन्टरनेट सेवा पुगेको उनको भनाइ छ । उनले हालसम्म पनि सबै विद्यालयलाई कम्प्युटर शिक्षाको दायरामा ल्याउन नसक्नुमा पूर्वाधार अभाव, स्रोतको अभावलाई मुख्य कारक रहेको औंल्याएका छन् ।
सूचना प्रविधिको दिगो विकास लक्ष्यअन्तर्गत शिक्षा र स्वास्थ्यको लक्ष्य कसरी प्राप्त गर्ने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरणद्वारा आयोजित छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव अर्यालले भने, ‘सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्यालय तहमा शिक्षण कार्य गराउन मन्त्रालयले उच्च प्राथमिता दिएको छ, शिक्षक एवं छात्रछात्रालाई सूचना प्रविधिको पहुँच बढाउन जरुरी छ ।’
सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले सरकारी सेवाका सबै कर्मचारीले सरकारी मेलमार्फत सूचना आदानप्रदान गर्न निर्देशिका तयार गरिएकोे जानकारी दिए ।
:1038 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव