म्हः पूजामा रमाए विद्यार्थी

भक्तपुर ः भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् ।
कार्यक्रमको क्रममा विद्यार्थी स्वयमले भुईपोती मण्डप बनाएका थिए । उनीहरुका कक्षा शिक्षिकाहरुले लहरै राखी पूजा गरिएको थियो । यो क्रममा एकजना विद्यार्थीको एउटाएउटा मण्डप बनाइएको थियो । आआफनो मण्डपमा बसेका विद्यार्थीलाई शिक्षिकाहरुले फूल, फलफूल वितरण गरी उनीहरुलाई पूजाआजा गरेका थिए ।
कार्यक्रमको क्रममा विद्यार्थीलाई स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले म्हः पूजाका साथै तिहारको पाँंचै दिन हुने परम्पराबारे जानकारी गराएका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव