ख्वप्रिङ्ग एकेडेमीको १८ औं वार्षिक दिवस सम्पन्न

भक्तपुर, २० कार्तिक । ख्वप्रिङ्ग इंग्लिश एकेडेमीको १८ औं वार्षिक दिवस नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्री नारायणमान विजुक्छेज्यूको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ । अध्यक्ष विजुक्छेले पानसमा दिप प्रज्वलित गरीसकेपछि शुरु भएको सो समारोहमा वहाँले विद्यार्थीहरुलाई सडक दुर्घटना, सामाजिक जनचेतना र नागरीक भावना सम्वन्धित शिक्षा विद्यालयतहवाटै दिनु पर्ने कुरा बताएसाथै वहाँले विद्यार्थीभाइबहिनीहरुलाई पढाईमा मात्र सिमित नभई खेलकुद, साहित्य र सास्कृृतिक गतिविधिहरुमा सक्रिय सहभागी हुनु पर्ने कुरामा जोड दिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार एंव नेक्राशिसंघका अध्यक्ष ज्ञानसागर प्रजापतिले अभिभावकहरुले आफ्नो सन्तानहरुलाई बजारमा सजिलै उपलव्ध हुने तयारी खाज चाऊचाऊ, कुरेकुरे, विस्कुत जस्ताले विद्यार्थीहरुको स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने तथा वढ्दो इलेक्टोनिक्स सामग्रीहरु जस्तै मोवाइलको प्रयोग र समाजिक सञ्जालले समाजिक सम्वन्धको विकासमा नराम्रो असर गरिरहेकोले सो विषयमा अभिभावकहरु सजक रहनुपर्ने कुरा बताए ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा भक्तपुर नगर पालिका वडा नं.८ का अध्यक्ष महेन्द्र खायमलीले नगरको फोहर व्यवस्थापन नगरपालिकाले मात्र गर्न सम्भव नभएकोले सो कार्य गर्न सम्पूर्ण नगरवासी तथा अभिभावकहरुको उतिकै सहयोग आवश्यक रहेको भन्दै लिवाली एक शैक्षिक केन्दको रुपमा विकास भैरहेकोले यहाँका सरसफाईमा नगरपालिकाले विशेष चासो दिइरहेको कुरा बताए ।
कार्यक्रममा संस्थागत विद्यालय संघ नेपाल (इसान) का अध्यक्ष प्रेमजन थापाश्रेष्ठ, ख्वपिङ्ग्र अभिभावक शिक्षक संघका अध्यक्ष राम कृष्ण कुटुवाजुले पनि बोल्नु भएको सो समारोहमा १८ औं वार्षिक दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई संस्थागत विद्यालय संघ नेपाल (इसान) अध्यक्ष प्रेमजन थापाश्रेष्ठ र विद्यालयका सल्लाहकार ज्ञानसागर प्रजापतिले मेडल तथा पुरस्कार वितरण गर्नुभयो भने शै.वर्ष २०७३ र ७४ को वार्षिक परिक्षामा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई समारोहका प्रमुख अतिथि नारायणमान विजुक्छेले मेडल तथा प्रमाणपत्र वितरण गर्नुका साथै वर्ष विद्यार्थी २०७३ का रोहन तजले, वर्ष विद्यार्थी २०७४ का अस्मीता कस्ती, त्यस्तै गरी वर्ष शिक्षक २०७३ घोषित मीरा सुवाल, वर्ष शिक्षक २०७४ घोषित अनिता श्रेष्ठलाई सम्मान पत्र वितरण गर्नु भयो । साथै सो समारोहमा प्रमुख अतिथि बिजुक्छेले माध्यमिक तह परिक्षा २०७३ मा उत्कृष्त हुन सफल विकेस प्रजापति र २०७४ मा उत्कृष्त हुन सफल निका प्रजापतिलाई स्वर्ण पदक संगसंगै सम्मान पत्र पनि वितरण गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद प्रजापतिको सभापतित्वमा भएको सो समारोहमा विद्यालयका सहायक प्रिन्सिपल निरन्जन प्रजापतिले स्वागत मन्तव्य तथा विद्यालयका प्रिन्सिपल विनोद प्रजापतिले शै.वर्ष २०७४ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

:951 Views

Leave a Reply