पवन प्रकृतिमा संस्कृति आदानप्रदान

ललितपुर । पवन प्रकृति मावि इमाडोलमा हिन्दूहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा संस्कृति आदानप्रदान र तिहार विशेष कार्यक्रम सञ्चालन गरिएको छ ।
अतिरिक्त कृयाकलाप विभागको आयोजनामा भएको सो कार्यक्रममा पुर्वदेखि पश्चिमसम्मका संस्कृति तथा नृत्य देखाइएको थियो । तामांग सेलोदेखि नेवारी, लिम्बु, गुरुंग, मगर, धिमाल, थारु, शेर्पा, राई (साकेला) नृत्य र लोकनृत्यको साथै सुदुर पश्चिमको देउडा नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरि विद्यार्थीहरुले फेसन शोको साथै समयको महत्व र श्रवण शिर्षकमा नाटक देखाएर विदार्थी, अभिभावक र शिक्षकको मन जितेका थिए । कार्यक्रमको विशेष आर्कषणको रुपमा नेपाली विषय शिक्षक महेश पुरी र १० कक्षाका विद्यार्थीको समूहले देउसीभैलो शैलीमा नेपाली व्याकरण र विशेषणको वारेमा दोहोरी प्रस्तुत गरेका थिए ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव