म्याप्स देउसी भैलो प्रतियोगिताको उपाधी गोल्डेन सुनगाभालाई

भक्तपुर, कार्तिक २० । MAPS ( Mutual Activities of Private School ) को आयोजनामा गोल्डेन सुनगाभा स्कुलमा भएको म्याप्स स्तरीय देउसी भैलो प्रतियोगिताको उपाधी गोल्डेन सुनगाभाले चुमेको छ ।
म्याप्समा आवद्ध विभिन्न विद्यालयहरुबीच भएको प्रतिस्पर्धामा द्वितीय स्थान चाणक्य स्कूलले हात पारेको थियो भने फुलब्राइट स्कूलले तृतीय स्थान हासिल गरेको थियो ।
प्रथम नेपाली तारा रियालिटी सोमा सान्त्वना हुन सफल तथा अहिले चलिरहेको रियालिटी सो द भोइस अफ नेपालका टीम दीपका एडभाइजर भविन ढुङ्गाना , नृत्य निर्देशक संघ भक्तपुरकी उपाध्यक्ष रञ्जना श्रेष्ठ र जगेश्वर पराजुलीले सो कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरेका थिए ।
संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्नका लागि तथा हिन्दु संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरुलाई पनि साँस्कृतिक कुराहरुको जानकारी गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको शिक्षक रविन ढकालले जानकारी दिएका थिए ।
विद्यालयकी प्रबन्ध निर्देशक विनु गोदार थापाको सभापतित्वमा भएको देउसी भैलो प्रतियोगिता अत्यन्त मनोरञ्जनात्मक बनेको थियो । बिजेता विद्यालयहरुलाई सोही दिन पुरस्कृत गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
कोभिद्को कोप
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव