‘शिक्षकले दलसँग जोडेर जागिर जोगाउने मनोवृत्ति त्याग्नुपर्छ’: शिक्षामन्त्री

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण क्षेत्र राजनीति गर्ने थलो बनेको जनाएका छन् । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं. ६ को किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले शनिबार आयोजना गरेको अन्तरक्रियामा शिक्षकले राजनीतिको बाटो रोजेर शिक्षामा बाधा पुर्याउन नुहने भन्दै विद्यालय शिक्षकको राजनीति गर्ने थलो नभएको बताए ।
‘सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनेको छ, राजनीतिक दलको आडमा जागिर खाने प्रवृत्ति र राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकहरूले त्याग्नुपर्छ ।’ मन्त्री पोखरेलले भने ।
उनले मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको पनि बताएका थिए ।
:1216 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव