शिक्षकको नयाँ संस्था बन्दै, कक्षाकोठामा नयाँ प्रविधि भित्र्याउने भनाइ

-हरिसुन्दर छुकां/ काठमाडौं । नेपालका शिक्षकहरूमा आधुनिक सञ्चार प्रविधिका सामग्रीहरु उत्पादन र मल्टीमिडीयाको प्रयोग सीपको विकास गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न भन्दै शिक्षकहरु एक भएका छन् ।
सञ्चार प्रविधिलाई शिक्षण क्रियाकलापसँग जोड्न सकिन्छ र त्यसलाई शैक्षिक सामग्रीको अपरीहार्य विषय बनाउन भन्दै देशभरका ६० जिल्लाका शिक्षकहरु एक भएका छन् । विभिन्न तवरले कक्षाकोठामा सूचना प्रविधिको प्रयोग गरी शिक्षण गरिरहेका र त्यस किसिमले शिक्षण गर्न रुचि राख्ने शिक्षकहरुको भेलाले ‘टिचर्स फोरम अफ आइसिटी इन एजुकेसन, नेपाल’ (टिआईएफआई) नामको संस्था गठन गरिएको छ ।
गत कार्तिक १७ गते चितवनको भानु माविमा भेला भएका शिक्षकहरुले संस्थालाई कानुनी प्रक्रिया सहित बिधिवत रुपमा दर्ता गर्ने निर्णय पनि गरेका छन् । ‘त्यो प्रक्रिया अघि बढाउने काम भएको छ, हामी विधानबारेमा छलफल गरिरहेका छौं ।’ सो संस्थाको अवधारणा अघि बढाउने पाल्पाका शिक्षक एवं संस्थाका संयोजक भूपति बस्यालले भने ।
उनले अहिलेका समयमा शिक्षक प्रविधिमैत्री हुनुपर्ने बताउँदै शिक्षकहरुलाई सो विषयमा जानकार गराउनु जरुरी रहेकोमा जोड दिए । ‘बढ्दै गरेको सूचना प्रविधिको प्रयोग, शिक्षकहरुले कक्षाकोठामा प्रयोग गर्न सकियो भने बालबालिकाहरुमा सकारात्मक असर ल्याउँछ ।’ आफूले एक वर्षको अनुभवबाट सो कुराको अनुभूत गरेको बताउँदै शिक्षामा आइसिटीको प्रयोगले विद्यार्थीको सिकाइ उपलब्धिमा पनि सकारात्मक प्रभाव परेको बताए ।
उनले शिक्षकहरुको साझा संगठनको रुपमा रहेका शिक्षक महासंघ, शिक्षक संघसंगठनले शिक्षकको हक अधिकारको बारेमा वकालत र आन्दोलन गर्ने गरे पनि समयको आवश्यकता बोध गरी शिक्षकलाई निर्देशन दिन नसक्दा शिक्षकहरु पछि परेको गुनासो गर्दै त्यसलाई पूर्ति गर्न पनि संस्थाको अवधारणा अघि ल्याएको बताए । ‘शिक्षक, शिक्षक संगठन, महासंघ छ, यसले प्रविधिको बारेमा शिक्षकहरुलाई यसरी हाम्रा कर्तव्य यो हो, यसले हामी यसरी अघि बढौं भनेर एउटा पनि निर्देशन दिन सकेन । हामीलाई कर्तव्यनिष्ठ बनाएन ।’
उनले शिक्षकहरुको उक्त संस्थाले आधिकारिकता पाएसँगै देश–विदेशका विभिन्न आइसिटीसँग सरोकार राख्ने निकायहरुसँग सहकार्य, समन्वय गरी शिक्षामा सूचना प्रविधि भित्र्याउनका लागि अभ्यास गर्ने पनि बताए ।
संयोजक बस्यालले आईसिटीमा शिक्षकहरुको लगाव बढिरहेको बताउँदै चितवनको भेलाअघि नै दुईपटक भेला सकिएको पनि जानकारी दिए ।
:2108 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव