शिक्षकको धर्ना ३० गते , धर्नामा गएका शिक्षकलाई काजको व्यवस्था !

काठमाडौं । शिक्षक आन्दोलनमा प्रत्येक विद्यालयबाट शिक्षकको सहभागिताको लागि नेपाल शिक्षक महासंघले ‘उर्दी’ जारी गरेको छ ।
वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि महासंघको नेतृत्वमा विभिन्न चरण र प्रकृतिका कार्यक्रमहरुमार्फत् सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराउने कार्यक्रमहरु गरिररहेको दाबी गरेको महासंघको तेस्रो चरणको कार्यक्रमअन्तर्गत ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइमा दिइने मागपत्र बुझाउनका लागि ‘उर्दी’ जारी पाइएको छ ।
संघले यही कार्तिक ३० गते शुक्रबार साविकको जिल्ला शिक्षा कार्यालय र हालको समन्वय एकाइमा मागपत्र दिँदैछ ।
विद्यालय र प्रधानाध्यापक तथा शिक्षकहरुलाई शैक्षिक क्षेत्रमा शिक्षक महासंघले चाहेको सुधारका क्षेत्रहरु तथा पेशागत हितको सुनिश्चिततासम्बन्धि मागपत्र सार्वजनिक गर्ने र हरेक शिक्षकहरुलाई जानकारी गराउने गरी एक–शिक्षकःएक–मागपत्र अभियान कार्यक्रम गरिसकेको छ ।
कार्यक्रमअन्तर्गतै कार्तिक ३० गते साङ्केतिक विरोध स्वरुप बिहान १० बजेदेखि दिउँदो २ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको छ । ‘सो कार्यक्रममा शिक्षकहरुको उपस्थिति बाक्लो होस् भनेर महासंघले एक प्रकारले उर्दी नै जारी गरी शिक्षक उपस्थिति गराउन भनेको छ ।’ एक प्रधानाध्यापकले बताए ।
आन्दोलनअन्तर्गत धर्नामा गएका शिक्षकहरुलाई काजको व्यवस्था गरिदिनका लागि प्रधानाध्यापकहरुमा अनुरोध गर्दै शिक्षक महासंघ कास्कीका अध्यक्ष तिर्थराज ढकालले सामाजिक सञ्जालमार्फतै अनुरोध गरेका छन् ।
:3122 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव