विश्वका शिक्षकबारे अध्ययन : चीनमा सबैभन्दा बढी सम्मान

काठमाडौं। चीनका शिक्षकले अन्य देशका शिक्षकले भन्दा कम कमाउँछन् तर पनि सबैभन्दा सम्मान भने शिक्षकलाई नै मिल्ने गरेको छ ।
सो तथ्य हालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ । चीनमा शिक्षकलाई सबैभन्दा बढी सम्मान गर्ने गरिएको अध्ययनले देखाएको छ ।
विश्वका शिक्षकबारे गरिएको अध्ययनबाट चीनमा शिक्षकलाई सबैभन्दा सम्मानयोग्य पेशाका रुपमा स्वीकार गर्नुका साथै शिक्षक बन्नका लागि उत्साहित गर्ने गरिएको हो ।
‘ग्लोबल टिचर स्टेटस इन्डेक्स २०१८’ नाम दिएर भार्की फाउण्डेशनले विभिन्न महादेशका ३४ देशमा गरेकोे अध्ययनबाट सो तथ्य निस्किएको फाउण्डेशनले जनाएको छ ।
अध्ययनले चीनपछि क्रमशः मलेसिया, टाइवान र रसियामा शिक्षकलाई सम्मान गर्ने गरिएको देखाएको छ ।
विश्वमा शिक्षकलाई सम्मान गर्ने दर ३६ प्रतिशत रहेको बेला चीनमा भने ८१ प्रतिशतले शिक्षकलाई सम्मानित पेशाका रुपमा बुझ्ने गरेको भार्की फाउण्डेशनलाई साभार गर्दै मलेसियास्थित एसिया वन मिडियाले खबर सार्वजनिक गरेको छ ।
‘सन् २०१३ मा गरिएको पहिलो ग्लोबल टिचर स्टेटस इन्डेक्सको पाँच वर्षपछि, हामी देख्न सक्छौं कि चीन एकपटक फेरि पहिलो नम्बरमा आएको छ, यसले के देखाउँछ भने चिनियाँहरु शिक्षकलाई कति सम्मान गर्छन् ।’ फाउण्डेशनका प्रमुख विकास पोटाले भने ।
त्यो अध्ययनले चीनियाँ परिवारमध्ये आधाले आफ्ना बच्चालाई शिक्षक बन्नका लागि प्रोत्साहित गर्ने पनि गरेको छ ।
फाउण्डेशनले चीन, मलेसिया, टाइवान, रसिया, इण्डोनेसिया, कोरिया, टर्की, भारत, न्यूनिल्याण्ड, सिंगापुर, क्यानडा, ग्रिस, बेलायत, स्वीटजरल्याण्ड, पनामा, अमेरिका, फिनल्याण्ड, जापान, इजिप्ट, फ्रान्स, जर्मनी, चिली, पोर्चुगल, नेदरल्याण्ड, पेरु, कम्बोडिया, स्पेन, युगाण्डा, हंगेरी, चेक रिपब्लिक, घाना, इटाली, इजरायल र ब्राजिलमा अध्ययन गरेको थियो ।
:2070 Views
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव