पेशागत हकहित भन्दै शिक्षकले दिए धर्ना(यस्ता छन् मागहरु)

काठमाडौं । देशभरका शिक्षकहरुले शुक्रबार ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिएका छन् ।
शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा जिल्ला जिल्लामा रहेका महासंघको अगुवाइमा समन्वय एकाईमा धर्ना तथा विरोध कार्यक्रम गरेका हुन् । उनीहरुले विहान १० बजेदेखि दिउँसो २ बजेसम्म शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएका थिए ।
यसैबीच उनीहरुले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका छन् । कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले विभिन्न २६ बुँदे माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
धर्ना तथा विरोध सभाअन्तर्गत भक्तपुरमा भएको सभामा शिक्षक महासंघ भक्तपुरका जिल्ला अध्यक्ष गंगाधर हाडाले सरकारले समुदायलाई विद्यालयको जिम्मा दिएको नभएर राजनीतिक पार्टीलाई हस्तान्तरण गरेको बताए ।
यी हुन् मागहरु :
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव