सानैदेखि छात्रालाई पनि छात्र सरह खेल खेलाउनु आवश्यक

काठमाडौं । एन्फाको महिला कमिटीका अध्यक्ष बिन्द्रा देवानले छात्रालाई पनि छात्रलाई जसरी सानैदेखि खेलमा सहभागी गराउनुपर्ने बताएकी छिन् ।
नुवागी मिडियाले आयोजना गरेको विद्यालयस्तरीय तेस्रो फुटसल प्रतियोगितामा उनले छात्रा खेलकुदमा केन्द्रित हुन आवश्यक रहेको बताउँदै भनिन्, ‘महिलालाई फुुटबलमा अगाडि बढाउन कक्षा १ बाटै फुटबल खेलाउनुपर्छ ।’
भक्तपुर प्याब्सन अध्यक्ष श्रीकृष्ण केसीले पनि खेलकुदलाई अगाडि बढाउन विद्यालयस्तरबाट नै खेलाडी तयार बनाउनुपर्नेमा जोड दिए । ‘खेलकुदलाई राम्रो बनाउन एन्फाले पनि विद्यालयस्तरको खेल सञ्चालन गर्नु आवश्यक छ ।’ उनले सुझाव दिए ।
विद्यार्थीलाई शारिरीक तथा मानसिक रुपमा स्फुर्त बनाउन र खेलकुदमार्फत् व्यक्तित्व विकासमा सहयोग पुर्याउने हेतुले गत कात्तिक २९ देखि मंसिर १ गतेसम्म भएको फुटसल प्रतियोगितालाई ३ समूहमा विभाजन गरिएको थियो । कक्षा ११ र १२ को ९, कक्षा ६ देखि १० सम्मको छात्रमा २३ र छात्रामा ८ वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।
स्पर्धामा पहिलो, दोस्रो र तेस्रो भएका स्कुललाई एन्फा महिला कमिटीका अध्यक्ष बिन्द्रा देवानले पुरस्कार प्रदान गरेकी थिइन् । उनले महिलाको खेलमा सहभागी रहेकोमा खुसी व्यक्त गर्दै भनिन्, ‘छात्रालाई खेलमा अझ प्रोत्साहन गर्नुपर्छ र कक्षा ८ बाट भन्दा, कक्षा १ बाट नै छात्रालाई फुटबल खेलाउनुपर्छ ।’
कक्षा ११ र १२ को छात्रतर्फको खेलमा सिबर्ड इन्टरनेशनल स्कुल पहिलो, आदर्श जनप्रेमी सेकेण्डरी स्कुल दोस्रो र ग्लेसियर इङ्लिश स्कुल तेस्रो भएको छ । सो खेलमा उत्कृष्ट खेलाडीमा सिबर्ड स्कुलको छात्र सपन बस्नेत र उत्कृष्ट गोल किपरमा आदर्श जनप्रेमी स्कुलको छात्र पारस खत्री भएका थिए ।
कक्षा ६ देखि १० सम्मको छात्रतर्फको खेलमा प्रथम, द्वितीय र तृतीयमा क्रमशः इमानुयल इङ्लिश सेकेण्डरी स्कुल, कौस्तुभ ऐकेडेमी र सुप्रिम एकेडेमी हुन सफल भएको छ । जसमा उत्कृष्ट खेलाडीको उपाधि कौस्तुभ स्कुलका राजन तामाङ र उत्कृष्ट गोल किपरमा इमानुयल स्कुलका छात्र अमर श्रेष्ठले पाएका थिए ।
छात्रातर्फको कक्षा ६ देखि १० सम्मको फुटसलमा हाईभ्यु स्कुल पहिलो, अमिनिटि स्कुल दोस्रो र आदर्श जनप्रेमी सेकेण्डरी स्कुल तेस्रो भएको छ । सो विधाअन्तर्गत अमिनिटिकी छात्रा सुनिता बस्नेत उत्कृष्ट खेलाडी भइन् भने हाईभ्यूकी छात्रा कृषा अमात्य, उत्कृष्ट गोलकिपर ।
स्पर्धामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई शिल्ड, मेडल, प्रमाणपत्र र सहभागी विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको थियो । गठ्ठाघरको प्रोमोशनल फुटसलमा भएको प्रतियोगितामा भक्तपुर, काठमाडौं र ललितपुरका स्कुलहरुको सहभागिता थियो ।
:1082 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव