ब्राइटस्टारको फुटसलमा आयोजक टिम बिजयी

भक्तपुर, ३ कात्तिक । भक्तपुरको राममन्दिरस्थित ब्राइटस्टार इङ्लिश स्कुलमा ‘ब्राइटस्टार एल्मुनी फुटसल टुर्नामेन्ट’ सम्पन्न भएको छ ।स्कुलका पूर्व विद्यार्थीबीचको सम्बन्ध सुमधुर बनाउन र ती बिच समन्वयको विकास गर्न गरिएको प्रतियोगितामा २०६७ ब्याच बिजयी भएको छ । २०६७ ब्याचले आयोजना गरेको फुटसलमा २०७१ ब्याच दोस्रो भएको छ ।
सो प्रतियोगितामा २०७१ ब्याचको साजन कर्माचार्य उत्कृष्ट खेलाडी भए भने २०६७ ब्याचको विकेश त्वाँजू उत्कृष्ट गोल किपर भएका थिए ।
शनिबार सुन्दरबस्तीस्थित ख्वप फुटसल एण्ड टेनिङ सेन्टरमा भएको प्रतियोगितामा ११ समुहको सहभागिता थियो ।
प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखुले पुरस्कार प्रदान गरेका थिए ।
:1438 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव