कलेज १८ औं वर्ष प्रवेश: उत्कृष्ट तीन विद्यार्थी पुरस्कृत

भक्तपुर, ५ मंसिर । मध्यपुर थिमिस्थित सिबर्ड कलेजले १७ औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । शनिबार गरिएको कार्यक्रममा प्रतिनीधिसभाका सांसद महेश बस्नेतले कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेका थिए भने कलेज उत्कृष्ट हुने तीन विद्यार्थीहरुलाई पुरस्कार दिएका थिए ।
कलेजका अनुसार विद्यार्थीहरु क्रमशः मन्जरी श्रेष्ठ, रञ्जन लोहला र अम्बिका कोइरालाले कलेज टप गरेका थिए । उनीहरुलाई सो अवसरमा मेडल, प्रमाण पत्र तथा अन्य पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा कलेजका निर्देशक विजयचरण श्रेष्ठले शैक्षिक गतिविधि प्रस्तुत गर्दै यस वर्षको कक्षा १२ बाट विज्ञानमा ९८ प्रतिशत र व्यवस्थापनमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जानकारी दिए ।
कार्यक्रममा ‘सिबर्ड आइडल’ मा प्रथम, द्वितीय र तृतीय हुने, क्रमशः रोहन कार्की, सागर थापा र गितान्जली लामालाई पनि पुरस्कृत गरिएको थियो ।
:687 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव