गाडीबाटै शिक्षामन्त्रीको दाबी :चारदिनभित्र संघीय शिक्षा ऐनको मस्यौदा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंसिर ८ गतेसम्मका संघीय शिक्षा ऐनको मस्यौदा तयार हुने बताएका छन् ।
बुधबार दिउँसो आयोगको थिमेटिक समूहको बैठकमा जान लागेका मन्त्री पोखरेलले गाडीबाटै भने, ‘पहिलो मस्यौदा पछि ८ गतेसम्ममा तयार भइसक्छ । त्यसपछि यसलाई हामी प्रादेशिक रुपमा छलफलमा लैजान्छौं । मंसिरभरीमा हामीले पार्लियामेन्टमा लग्ने तयारी गरिसक्छौं ।’
उनले ऐनको अन्तिम तयारीका लागि जुटिरहेको बताउँदै थपे, ‘आठ गतेभित्र एउटा ड्राप्ट आउँछ । त्यसको तयारी अन्तिम पुगिसकेको छ, आयोगको थिमेटिक समूहको बैठकको समूहमा जाँदैछु ।’
मन्त्री पोखरेलका अनुसार ऐनका लागि गठन भएका आठवटा विषयगत समितिले लेख्ने काम सकाएका छन् । त्यसैको अन्तिम बैठकमा जाँदै गरेका उनले टेलिफोनमा संक्षिप्त कुराकानी गर्दै भने, ‘त्यही समूहको अन्तिम बैठक आज हुँदैछ । त्यो बैठक सकिएपछि एक्सन प्लान तयार हुन्छ ।’
संविधानअनुसार आगामी फागुन २० भित्र संघीय शिक्षा ऐन जारी भइसक्नुपर्छ । मन्त्री पोखरेलले मंसिरभित्र सबै प्रक्रिया पूरा गर्ने दाबी गरे ।
सरकारले गत असोजमा ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५’ जारी गरेको छ । संविधानको मौलिक हक र कर्तव्य दफा ३१ (२) मा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउन हक हुनेछ’ उल्लेख भएअनुसार उक्त ऐन जारी गरिएको हो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव