क्याम्पस प्रमुखविरुद्ध उत्रिए प्राध्यापकहरु

भक्तपुर । सानोथिमि क्याम्पसको १३ रोपनी जग्गा क्याम्पस प्रमुखले एकलौटी ढंगले व्यापारिक प्रयोजनका लागि भाडामा दिएको आरोपमा विरोध जनाएको छ। क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने क्वाटर समेत पर्ने गरी गुपचुप रुपमा प्राणनाथ क्याफेलाई दिएको भन्दै प्राध्यापकहरुले विरोध जनाएको हो।
शैक्षिक प्रयोजनको लागि प्रयोग गर्नुपर्ने जग्गा व्यापारिक प्रयोजन त्यसमाथि क्याफे सञ्चालनको लागि क्याम्पस हाताको जग्गा दिएपछि प्राध्यापकहरु आन्दोलित भएका छन्। क्याम्पस प्रशासनले गोप्यरुपमा टेण्डर आव्हान गरी सो जग्गा भाडामा दिएको भन्दै प्राध्यापकहरुले त्यसको विरोध समेत गरेका हन्। उनीहरुले क्याम्पस प्रमुख घिमिरेले भ्रष्टाचार गरेको आशंकामा प्राध्यापक छानविनका लागि अख्तियार जाने तयारी समेत गरीसकेको क्याम्पसका प्राध्यापकहरु बताउँछन्।
क्याम्पस छात्रवासको पूर्वतर्फ काठमाडौंबाट भक्तपुर जाने सडकसँग जोडिएको र उत्तरतर्फ मगरगाउँ जाने पिच बाटोमा जोडिएको १३ रोपनी जग्गा गुपचुप रुपमा टेन्डर गरी क्याम्पस प्रमुखले होटल सञ्चालन गर्न प्राणनाथ क्याफेलाई दिएको विरोधमा तत्काल त्यो रद्द हुनपर्छ भनी हामीले विरोध जनाएको नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तर्फबाट विष्णुहरि शर्माले बताए। ‘त्यो १३ रोपनी जग्गा क्याम्पसको नाममा छैन, नेपाल सरकारको हो। त्यो जग्गा क्याम्पसको भोगाधिकार लागि भनी दिएको जग्गा हो। त्यो जग्गा व्यापारिक प्रयोजनका लागि दिएपछि वातावरण दुषित बनाउँछ। भोली के हुन्छ? भन्न सक्दैन हाम्रो विरोध त्यसको लागि हो।’ उनले भने।
क्याम्पस प्रमुख घिमिरेले जग्गा भाडा सम्बन्धी टेण्डरको सूचना राष्ट्रिय दैनिकमा प्रकाशित नगरी गत भदौ २६ गतेको सिटी पोष्ट नामको पत्रिकामा प्रकाशित गरेको थियो। बजारमा खासै नदेखिने सो पत्रिकामा प्रकाशित विज्ञापनको आधारमा टेण्डर हाली प्राणनाथ क्याफेले सो जग्गा हात पारेको हो।
क्याम्पस र क्याफेबीच गत असोज १० गते भएको सम्झौतामा वार्षिक ७ हजार एक सय ७५ रुपैयाँमा १३ रोपनी जग्गा दिएको उल्लेख छ। सो भाडा रकमलाई मासिक रुपमा भाग गर्दा ५ सय ९७ रुपैयाँ ९१ पैसा हुन आउँछ।
क्याम्पस प्रमुख रामचन्द्र घिमिरे प्राध्यापकहरु मिलेर आफुलाई गलत आरोप लगाएको बताए। एकलौटी रुपमा कसैलाई जानकारी नगराई आफुले कवाडीको मुल्यमा नभई कोटेशनको आधारमा प्रति वर्ष प्रति रोपनी ७ हजार एकसय ७५ का दरले भाडामा दिएको बताए।
सानोथिमि क्षेत्रमा बाटोले नछोएको जग्गा तरकारी खेतीका लागि प्रख्यात ठाउँ हो। हाल सो क्षेत्रहरुमा तरकारी खेती गर्दा प्रति रोपनी १० देखी १५ हजार रुपैंया प्रति महिनामा भाडा लाग्ने गरेको स्थानिय कृषक कृष्णप्रसाद प्रजापतिले बताए। अहिले पनि क्याम्पसको जग्गामा स्थानियहरुले तरकारी खेती लगाएका छन्।
क्याम्पसका तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेससँग आबद्ध प्राध्यापकले संयुक्तरुपमा विरोधपत्र समेत बुझाइसकेका छन्। विरोधपत्रमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तर्फबाट विष्णुहरि शर्मा, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघबाट ओमबहादुर रायमाझी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट अम्बरजङ लिम्बू, र नेपाल प्रगतिशील प्राध्यापक संगठनका तर्फबाट सोमनाथ ढकालले हस्ताक्षर गरेका छन्।
:606 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव