नीजि विद्यालयका विकृति अन्त्य गर्ने अभिभावक संघको घोषणा

भक्तपुर । नेपाल राष्ट्रिय अभिभावक संघ भक्तपुर जिल्ला कार्यसमितिको पहिलो वैठकले भक्तपुरमा सञ्चालित विभिन्न नीजि विद्यालयभित्रका विकृति र विसंगती अन्त्य गर्ने घोषणा गरेको छ भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सहयोग गर्ने निर्णय गरेको छ ।
संघका जिल्ला अध्यक्ष नवराज काफ्लेको अध्यक्षतामा विहीबार बसेको संघको पहिलो वैठकले सो निर्णय गरेको हो । गत असोजमा सम्पन्न अधिवेशनले काफ्लेको अध्यक्षतामा जिल्ला संघ गठन गरेको थियो ।
वैठकले जिल्लाको लागि ९ सदस्यीय सचिवालय, ५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ६ वटा विभाग पनि गठन गरेको छ ।
जिल्ला अध्यक्ष काफ्ले अध्यक्ष रहने गरि गठन गरिएको ९ सदस्यीय सचिवालयमा चन्द्रप्रसाद अधिकारी र मञ्जु बराललाई थपिएको छ भने ५ सदस्यीय सल्लाहकार समितिमा अधिवक्ता प्रभाकर खनाल, रघुनाथ पौडेल, बद्री तिवारी,बासुदेव खड्का र सीता सुवेदीलाई मनोनित गरिएको छ ।
सैगरि विनु गोदार थापाको संयोजकत्वमा महिला विभाग,शरु बानियाँको संयोजकत्वमा संगठन विभाग, डिल्लीराम गौतमको संयोजकत्वमा प्रचार विभाग, प्रतिक्षा शर्माको संयोजकत्वमा सुझाव संकलन तथा परामर्श विभाग, उत्तम थापाको संयोजकत्वमा सामाजिक सम्पर्क विभाग र जानुका फुयाँलको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ ।
यसैगरि भक्तपुरको १ नं निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी शरु बानियाँलाई दिइएको छ भने २ नं निर्वाचन क्षेत्रको जिम्मेवारी डिल्लीराम गौतमलाई दिइएको छ ।
यसका साथै जिल्लामा रहेका ४ वटै नगरपालिका, सुर्यविनायक नगरपालिका, चांगुनारायण नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका विद्यालयहरुको अनुगमन, निरीक्षण लगायत सुधारको लागि छिट्टै नै नगर समिति बनाइने जिल्ला अध्यक्ष नवराज काफ्लेले बताउनुभयो ।
:628 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव