भक्तपुरमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न

भक्तपुर ः भक्तपुरमा एकदिने विज्ञान प्रदर्शनी मंगलबार सम्पन्न भएको छ । एभरेष्ट इंग्लिश स्कुल विज्ञान विभागको आयोजनामा प्रदर्शनी भएको हो । स्कुलमा कक्षा १ दखि १० सम्मका विद्यार्थी प्रदर्शनीमा सहभागी रहेका थिए । उनीहरुले आहआफूले कक्षामा सिकेका कुराहरुलाई प्रदर्शनीमा राखेका थिए । प्रदर्शनीमा ७० वटा भन्दा वढी आइटम राखिएका थियो । त्यसमा एक सय जना भन्दा वढी विद्यार्थी सहभागी रहेका थिए ।
प्रदर्शनीमा विद्यार्थी, अभिभावकले अवलोकन गरेका थिए । स्कुलमै अध्यययनरत एक हजार दुई सय भन्दा वढी विद्यार्थी तथा तिनका अभिभावकले प्रदर्शनीको अवलोकन भ्रमण गरेका थिए ।
एभरेष्ट इगलिश स्कुल विज्ञान विभागकी प्रमुख सम्झना नेपालीले विद्यार्थीले कक्षामा सिकेको ज्ञानलाई व्यवहारिक रुपमा बुझन् सहयोग पुगोस् भनी स्कुलले प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको जनाइन् ।
विद्यार्थीले प्रदर्शनीमा आआफनो कोर्षसँंगसम्वन्धितबाहेक हाइडो, इलेक्टिसिटीबारे पनि प्रदर्शनी गरेका थिए । स्टलमा अवलोकनमा आएका विद्यार्थी, अभिभावकलाई विद्यार्थी बुझाइरहेका थिए । आफूले बनाएका स्टलबारे बुझाउन पाउँंदा विद्यार्थी खुशी देखिएका थिए ।
विद्यार्थीको आकर्षण इलेक्टिक आइटममा वढी देखिएको थियो । साथै राम्रोसँंग आफनो स्टलबारे बुझाउन सकेका विद्यार्थीको स्टलमा पनि उतिकै भीड देखिएको थियो । स्टल हेर्न अभिभावक र विद्यार्थीको लस्कर देखिन्थ्यो ।
प्रदर्शनीको तयारी स्कुलले एक हप्ता अगाडिदेखि नै गरेको जनाएको छ । विद्यार्थीलाई नियमित पढाईका साथै विषय शिक्षकहरुले आआफनोतर्फबाट विद्यार्थीलाई सहयोग गरेका थिए ।
स्टल राखेका र हेर्ने विद्यार्थी अभिभाबक उत्साहित देखिएका थिए । विद्यार्थी आआफनो क्रियटिभिटी देखाउन तत्पर देखिएका थिए ।
सानै भए पनि आफनो क्रियटिभीटी साथी अनि अभिभाबसँंग राख्न पाएकोमा विद्यार्थी दंग देखिएका थिए, विज्ञान विभाग प्रमुख नेपालीले भनिन् । जे पढेको हो त्यो प्रयोग सही रुपमा बुझोस र सही ठाउँंमा तयसको प्रयोग गरोस् भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष प्रदर्शनी गर्दै आएको जानकारी उनले गराइन् । प्रदर्शनी स्कुलमै भएको थियो ।
तस्वीरहरु छन् ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव