नेवारी खाजा ‘बारा’ बनाउँदै मेरिगोल्डका विद्यार्थी

काठमाडौं । बालकोटस्थित मेरिगोल्ड इङ्लिश बोर्डिंग स्कुलका विद्यार्थीले नेवारी खाजा ‘बारा’ बनाएका छन् । विभिद समूहमा विभाजित गरी कक्षा ७ का विद्यार्थीलाई बारा पकाउन सिकाइएको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल भूवनलाल श्रेष्ठका अनुसार ब्रिटिश काउन्सिलको अन्तराष्ट्रिय विद्यालय पुरस्कार अर्थात इन्टरनेशनल स्कूल अवार्ड (आइएसए) कार्यक्रम अन्तर्गत रहेर यो कार्यक्रम गरिएको हो । उनी भन्छन्, ‘विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागिता गराउँदा, हाम्रो परम्परागत कुराहरु जोगाउन सकिन्छ ।’

केही समय अघि स्कुलका विद्यार्थीले पाकिस्तानको पेशावरस्थित आर्मी पब्लिक स्कुलका विद्यार्थीसंग नेपाली परम्परागत खाना, कला संस्कृति र परम्परागत पोशाकका बारेमा संस्कृति आदानप्रदान गरेका थिए ।

:1393 Views

Leave a Reply