गौरीशंकरमा खाना पकाउने प्रतियोगिता

ललितपुर। ललितपुरको इमाडोलस्थित गौरीशंकर इङ्लिस बोर्डिंग सेकेण्डरी स्कुलका स्काउटबिच विभिद खानेकुरा पकाउने प्रतियोगिता भएको छ। आइतबार भएको प्रतियोगितामा विद्यार्थीले ढिँडो, पुलाव, नेवारी खाना, सेकुवा, पनिर, दाल, भात र विभिन्न थरीका तरकारी पकाएका थिए।
विद्यालयका प्रशासक नरहरि घिमिरे, स्काउट गुरु बलराम प्यासी र नेमा सिंह तामाङको निर्णायमा छात्र आयुष न्यौपानेको चितुवा समूह पहिलो, कृतिका सुवेदीको मयुर समूह दोस्रो र प्रकृति केसीको कोइली समूह तेस्रो भएको थियो।
विजयी स्काउट समूहलाई विद्यालयको वार्षिकोत्सवका अर्थात् श्रीपञ्चमीका दिन पुरस्कार दिइने विद्यालयले जनाएको छ।
प्रतियोगितामा ४ समुहको सहभागिता थियो। विद्यार्थीले विद्यालयको करेसाबारीमा चुल्हो बनाई दाउरा बालेर खाना पकाएका थिए।
:835 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव