विद्यार्थी अनुभव : अतिरिक्त क्रियाकलाप भइरहनु पर्छ

आस्था तिमल्सिना
घर पहिलो पाठशाला हो भने विद्यालय दोस्रो। विद्यालयमा हामीले औपचारिक र अनौपचारिक तरिकाले ज्ञान सिक्छौँ । पढ्ने र पढाउने काम र सिक्ने सिकाउने अझ गर्ने गराउने काम पनि विद्यालयमा नै हुन्छ ।
मंसिर ८ गते शनिवारको दिन थियो तर पनि विद्यालय बन्द थिएन । विद्यालय खुल्ला हुनुको कारण थियो, ‘जुगल स्काउट प्रदर्शनी २०७५’ । त्यस दिन हामी ३३ वटा समूहमा बाँडिएका थियौँ । विहानको ठीक १०ः१५ बजे प्रमुख अतिथि जिल्ला आयुक्त श्रीराम लामिछाने, देवराज घिमिरे र सगरमाथा आरोही प्रकाश पाण्डे आउनुभयो ।
केहि छिनमा नै हामीलाई कथा सिकाउने बाल साहित्यकार विजयराज आचार्य पनि आउनुभयो । उहाँहरुलाई हाम्रो प्रधानाध्यापक ईश्वर के.सी.र स्काउट गुरु कविराज महर्जनले माला लगाएर स्वागत गर्नुभयो ।
एकछिनपछि स्काउटको झण्डोत्तोलन भयो । राट्रिय गीत र स्काउट गीत बज्यो । त्यसको सम्मानस्वरुप हामी सबै उठ्यौँ । उहाँहरु हाम्रो सबै स्टलहरुमा आउनुभयो र हामीले गरेका कार्यहरु हेर्नुभयो । हामीसँगै हाम्रो कामको पनि प्रशंसा गर्नुभयो । त्यसरी हाम्रो हौसला बढाइदिनुभयो ।
कोही साथीहरुले स्काउटको झण्डाको बारेमा बताए । स्काउट गीत, सीठीे बजाउने तरिका, स्काउटको नियम, स्काउट ग्याजेट, नटिङ्ग, ड्रिल जस्ता कुरा अभिभावकलाई जानकारी गराइयो । सामूहिक खेल, फेस पेन्टीङ जस्ता मनोरञ्जनात्मक क्रियाकलाप पनि रहेको थियो ।
चउरमा विभिन्न रंङका टेन्टहरु हालेर विद्यालय नै रमाइलो भएको थियो । झन् स्काउटको लोगो सहितको रंगोलीले अभिभावकको ध्यान आर्कषण गरेको थियो । जे होस, मेरो विद्यालय एकदम फरक थियो, त्यो दिन। हामी विद्यार्थीहरु रमाइरहेका थियौँ ।
रमाइलो गर्दागर्दै घडीले एक बजाएको पत्तै भएन । निर्धारित समयका अनुसार कार्यक्रम समापनतर्फ हामी लाग्यौँ । कार्यक्रममा उत्कृष्ट गर्ने टोलीलाई पुरस्कार वितरण गरियो । स्काउटको झण्डा झारियो । अन्तमा दूध, केरा र बिस्कुट खाएर हामी आ–आफ्नो अभिभावकसँग घर फर्कियौँ ।
विद्यालयमा हुने यस्ता गतिविधिले हामी विद्यार्थीहरुको आत्मविश्वास बढाउँछ । हामीले आफूलाई सम्मानित हुने मौका पाएको अनुभव गर्यौँ। यस्ता कार्यक्रम समय समयमा भइरहनुपर्दछ । हामी विद्यार्थीहरुले पनि यस्ता कार्यक्रममा सधैँ भाग लिएर विद्यालयलाई सहयोग गर्नुपर्दछ ।
कक्षा–९
जुगल स्कुल (धापाखेल, ललितपुर)
सम्बन्धित अभिलेखहरू
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
‘कन्डम निःशुल्क, प्याडलाई पैसा किन?’
पत्रु खानाले बालबालिकाको सिकाइमा प्रभाव पार्ने विज्ञको भनाइ
निजी विद्यालयका शिक्षकले महिनौदेखि तलब नपाएको गुनासो
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव