सफा र साँस्कृतिक भक्तपुरका लागि विद्यार्थीको दौड

भक्तपुर, १३ मंसिर। भक्तपुरको थिमीस्थित सिवर्ड कलेजको ‘सिवर्ड म्याराथुन’ प्रतियोगिता सम्पन्न भएको छ।

‘भक्तपुर जिल्ला साँस्कृतिक धरोहर, सफा हनुमन्ते हाम्रो रहर’ नाराका साथ गरिएको म्याराथुन थिमिको शंखधर चोकबाट शुरु भई भक्तपुरको सुर्यविनायक हुँदै सिवर्ड कलेजमा समापन भएको थियो।

म्याराथुनमा राज श्रेष्ठ प्रथम (३१.५६ मिनेट), सुजन श्रेष्ठ द्वितीय (३६ मिनेट) र राजु घिमिरे तृतीय(३८ मिनेट) भएका थिए भने आशिका श्रेष्ठ उत्कृष्ट छात्रा धाविका बन्न सफल भएकी थिइन् ।

राष्ट्रिय धाविका विना श्रेष्ठले सिठी बजाएर सुरु गरिएको म्याराथुनमा ७५ जना विद्यार्थीको सहभागिता थियो। स्पर्धाका उत्कृष्ट ५ विद्याथीलाई प्रमाण पत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो।

:471 Views

Leave a Reply