एसईई तालिका सार्वजनिक, कोही छक्क, कोही मक्ख : ‘बैशाखमै सार्वजनिक गर्न चाहिँ किन सक्तैन ?’

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई)को तालिका सार्वजनिक गरेको छ । परीक्षा तालिका सार्वजनिक भएसँगै काठमाडौंको काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटाले प्रतिक्रिया दिए, ‘अब त एसईई चैत्रमा हुने पक्का नै भइसक्यो, चैतमा परीक्षा हुन्छ भन्ने कसलाई थाहा छैन र?’
प्रायः एसइई चैत्रमै हुने भएकाले परीक्षा तालिका सार्वजनिक भएको विषय उनका लागि सामान्य विषय हो । उनी भन्छन् ‘परीक्षा बोर्डले बनाउने परीक्षा तालिका त बैशाखमै निस्कनुपर्छ यो त ढिलो निस्केको हो।’
उनका अनुसार परीक्षा तालिका चाँडो र ढिलो निस्कँदा विद्यार्थीको मनोविज्ञानमा असर पर्छ । बैशाखमा नै परीक्षा तालिका निस्किएमा परीक्षा आयो भन्ने ‘एक्जाम फोबिया’ हराउने साथै बच्चाले त्यसलाई सजिलै ग्रहण गर्ने र परीक्षालाई नियमित प्रकृयाको रुपमा लिन सक्नेमा उनले जोड दिए ।
महाँकाल मा.विका प्रधानाध्यापक सन मानन्धर एसइईको तालिका यति छिट्टै निकालेमा छक्क परेका छन्। पहिला माघ फागुनमा निस्कनेमा हाल मंसिरमै निस्केको भन्दै चाँडै परीक्षा तालिका सार्वजनिक भएका कारण विद्यार्थीले अहिलेदेखि नै परीक्षाको लागि पढ्न तयारी गर्न थाल्ने उनले बताए ।
१० गते आइतबारबाट शुरु हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । अनिवार्य अग्रेजीको परीक्षा पहिलो दिन रहेको छ । चैत्र ११ गते परीक्षाको दोस्रो दिन अनिवार्य नेपालीको परीक्षा हुने छ । चैत १३ गते अनिवार्य गणितको परीक्षा हुने छ भने चैत्र १४ गते अनिवार्य विज्ञानको । चैत्र १५ गते अनिवार्य सामाजिक र चैत्र १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।
प्राविधिक विषयतर्फ समेत गरेर चैत २१ गते बिहिबार सबै परीक्षा सम्पन्न हुनेछ । नियमित तथा ग्रेडबृद्धि दुवैको परीक्षा एउटै समयमा हुने र कुनै आकस्मिक बिदा पर्न गएमा परीक्षा नियन्त्रण कार्यलयको पूर्वसूचना बिना परीक्षा स्थगित नहुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव