‘सुरक्षाका विषयलाई पाठ्यक्रममै समावेश गर्नुपर्छ’

भक्तपुर, १४ मंसिर। भक्तपुरको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस सेकेण्डरी स्कुलले सामुदायिक प्रहरीको सहयोगमा ‘प्रहरी विद्यालय सम्पर्क समिति’ गठन गरेको छ।

विशेष गरी विद्यालयस्तरदेखिनै सामाजिक सुरक्षा, अपराध न्यूनीकरण, साइवर क्राइम, अपहरण लगायतका विषयमा जनचेतना जगाउने उद्धेश्यले यो समिति गठन गरिएको समितिको समन्वयकर्ता महानगरीय प्रहरीवृतका प्रहरी नायव निरीक्षक सिर्जना पोखरेलले बताइन्।

प्रहरीसँगको हातेमालो कार्यक्रम अनुसार सडक सुरक्षा कार्यक्रम, ¥याली, सांस्कृतिक कार्यक्रममार्फत विद्यार्थीहरूलाई प्रशिक्षण गरिने विद्यालयले जनाएको छ। सुरक्षाका विषयलाई पाठ्यक्रममै समावेश गरिनुपर्नेमा विद्यालयका अभिभावकले जोड दिएका छन्।

विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको संयोजकत्वमा शिक्षक, अभिभावक र विद्यार्थीसहितको ११ सदस्यीय समितिको गठन भएको छ।

:327 Views

Leave a Reply