भक्तपुरको पहिलो टग अफ वारको तालिम प्रिन्सिपललाई

भक्तपुर, १४ मंसिर। भक्तपुरस्थित एभरेष्ट पब्लिक एकेडेमीको आयोजनामा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकलाई डोरी तान्ने तालिम दिइएको छ ।
एभरेष्ट पब्लिक एकेडेमीका प्रिन्सिपल कृष्ण कार्की यो तालिमबाट आगामी हुन गइरहेको राष्ट्रिय टग अफ वार(तान डोरी) प्रतियोगिताका लागि आफ्नो स्कुलका विद्यार्थीलाई तयारी गराउन सकिने बताउँछन्। उनी भन्छन्, ‘पहिला स्कुलमा टग अफ वारको नियमै नबुझेकाले डोरी तान्ने कुरामा मात्र केन्द्रित हुन्थ्यौं तर अब नियमका बारेमा थाहा पाएका छौं ।’
नेपालबाट सन् २००७ बाट सुरु भएको तान डोरी खेलले विद्यार्थीको शारिरीक र मानसिक विकासका साथसाथै उनीहरुलाई मनोरञ्जन दिने उनले जानकारी दिएका छन्।
नेपाल टग अफ वार जिल्ला कार्यसमिति भक्तपुरको सहकार्यमा भएको तालिममा जिल्लाका ४० विद्यालयका ४४ प्रिन्सिपल र शिक्षकको सहभागिता थियो। राष्ट्रिय टग अफ वारका प्रशिक्षक गणेश लामाले खेलको बारेमा सैद्धान्तिक र प्रयोगात्मक दुबै कुरा सिकाएका थिए।
कार्यक्रममा राष्ट्रिय तान डोरी समितिका अध्यक्ष भवानी पौडेल समेत उपस्थित थिए।
:904 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव