मावि शिक्षक अधिकृत र प्रधानाध्यापक उपसचिवसरह, स्थायी शिक्षकको पुनः परीक्षा

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा गठित २४ सदस्यीय उच्चस्तरीय शिक्षा आयोगले स्थायी शिक्षकको पनि पुन :परीक्षा लिनुपर्ने सुझाव दिएको छ ।

शिक्षामा सुधारका लागि शिक्षक नै मुख्य जिम्मेवार ठहर गर्दै आयोगले स्थायी भएका शिक्षकको पनि पुनः योग्यता परीक्षा लिनुपर्ने सुझाएको हो ।
आयोगले स्थायी शिक्षकको पुनर्योग्यता परीक्षा लिनुपर्नेमा जोड दिँदै सुझाएको प्रतिवेदनमा भनिएको छ, ‘पुनर्योग्यता परीक्षामा ६० भन्दा बढी अंक प्राप्त गर्ने शिक्षकले मात्रै अध्यापन निरन्तरता पाउने व्यवस्था गर्नुपर्छ, परीक्षामा सहभागी हुन नचाहने र अनुत्तीर्ण हुनेलाई सुविधासहित बिदाइ गर्नुपर्छ ।’

आयोगले दिएको सुभावमा विद्यालय शिक्षकको न्यूनतम योग्यता पनि निर्धारण गरिएको छ , जसअनुसार शिक्षक हुन कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने छ । आयोगले आधारभूत तहमा स्नातक र माध्यमिक तहमा स्नातकोत्तर उत्तीर्णलाई शिक्षक बनाउनुपर्ने सुझाव आएको मन्त्रालयले जनाएको छ ।

विभिन्न ८ चरणको विषयगत समूहसँगको छलफलपछि बुझाइएको प्रतिवेदनलाई आयोगले प्रदेशस्तरमा छलफलका लागि लगेको छ । छलफलपछि सरकारलाई प्रतिवेदन बुझाइने बताउँदै मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भने, ‘अन्य संकाय अध्ययन गरेका विद्यार्थीलाई पनि शिक्षक हुने बाटो खुला गर्नुपर्नेमा पनि आयोगको जोड छ ।’

माविका शिक्षक अधिकृत र प्रधानाध्यापक उपसचिवसरह हुने व्यवस्थाका लागि पनि आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै आधारभूत तहमा भने सोही तहभन्दा उपल्लो श्रेणीको एक महिनाको व्यवस्थापन तालिम लिएको व्यक्ति प्रअ हुन सक्ने जनाइएको छ ।

:11996 Views

4 thoughts on "मावि शिक्षक अधिकृत र प्रधानाध्यापक उपसचिवसरह, स्थायी शिक्षकको पुनः परीक्षा"

  1. Bijaya kumar Dahal says:

    Good report. It helps to improve the education system as well as future of students. The re examination is the best idea.

  2. bhojendra gurung says:

    gud report nd good repnsibility tqs

  3. Drona Bdr G.C says:

    Promate also facility

  4. Laxman Dangi says:

    This is the best agenda for the change of education system and students bright future because educational modification is the national development .so permanent teachers re-aptitude examination system is commendable issues

Leave a Reply