नेक्सस् कपमा बेस्ट ग्रुप भिजन उत्कृष्ट

काठमाडौं, १६ मंसिर। ‘तेस्रो नेक्सस् कप इन्टरस्कुल फुटबल टुर्नामेंन्ट’ पेप्सिकोलास्थित फुटबल ग्राउन्डमा भएको छ।

मंसिर ७ गतेबाट नेक्सस् इन्टरनेशनल एकेडेमीले आयोजना गरेको सो प्रतियोगिताकोे फाइनल शनिबार भएको थियो।

प्रतियोगितामा बेस्ट ग्रुप भिजन पहिलो र नेक्सस इन्टरनेशनल दोस्रो भएका थिए। स्पर्धामा प्रथम हुने स्कुललाई रु ५० हजार नगद र द्वितीय हुने स्कुललाई रु २५ हजार नगदको साथै ट्रफी, मेडल र प्रमाणपत्र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रदान गरेका थिए।

:632 Views

Leave a Reply