रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा भक्तपुर नगर प्याब्सन

भक्तपुर, १७ मंसिर। रमेशचन्द्र श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय प्याब्सन भक्तपुर नगर कार्यसमिति चयन भएको छ ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर जिल्ला अध्यक्ष श्रीकृष्ण के.सीको उपस्थितीमा सचिवमा बिजय कर्माचार्य र कोषाध्यक्षमा नारद खड्का चयन भएका छन् । यसैगरी संघका सदस्यमा बिजेन्द्रलाल ध्वजु, चण्डिका कायस्थ, प्रभातराज राई र शिवकुमार कोजु छानिएका छन्।

चुनदेवीस्थित प्याब्सन भक्तपुरको कार्यलयमा सम्पन्न प्रथम नगरपालिका अधिबेशनमा भक्तपुर नगर प्याब्सनका २४ विद्यालयको सहभागिता थियो ।

:394 Views

Leave a Reply