ग्ल्याडस्टोनमा नृत्य प्रतियोगिता

मध्यपुर थिमी,मङ्सिर १७ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत जुनियर नृत्य प्रतियोगिता सम्पन्न गर्यो ।कक्षा १देखि कक्षा ५ सम्मका ५१ जना छात्रछात्रा सहभागी रहेको नृत्य प्रतियोगितामा विभिन्न मौलिक नेपाली सस्कृति झल्काउने गीतमा प्रतियोगीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा क्रमशः मयून खत्री कक्षा ४ “मनास्लु”पहिलो, दिभा साहू कक्षा २ “चोयू दोस्रो, बबिशा राजबाहक कक्षा ४ “मनास्लु तेस्रो तथा इच्छा श्रेष्ठ कक्षा ३ “मनास्लु” सान्त्वना पुरस्कर पाउन सफल भए ।
विजयी छात्रछात्रालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका सहायक प्रधानाध्यापक तथा कार्यक्रमका सभापति विनोद भट्टराईले बालबालिकाको नृत्य प्रतिभाको खुलेर तारिफ गर्नु भयो ।सो अवसरमा बोल्दै उहाँले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रममा बालबालिकाको उल्लेख उपस्थितिले आफू हर्षित र गर्वित भएको बताउनु भयो ।
:912 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव