‘असल अभिभावकका खराब सन्तान हुदैंनन्’

भक्तपुर, १८ मंसिर। आदर्श जनप्रेमीका प्रिन्सिपल निलेश आचार्यको अध्यक्षतामा ९ सदस्यीय प्याब्सन मध्यपुर ठिमी नगर कार्यसमिति चयन भएको छ। अध्यक्षमा चयन हुने बित्तिकै आचार्यले भने, ‘असल अभिभावकका खराब सन्तान हुदैनन्’।
‘परिवार र विद्यालय दुवै अभिभावक हुन् । असल अभिभावकले असल वातावरण सृजना गर्छन्, असल वातावरणबाट सन्तान खराब हुन पाउँदैनन्।’ उनले थपे, ‘असल अभिभावकले असल कुराहरु सिकाउँछन्।’
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को प्रथम नगर अधिवेशनमा उनले असल परिवार र असल शिक्षकबाट असल सन्तान उत्पादन गर्न सक्नेमा जोड दिएका थिए।
अब बन्न लागेको मध्यपुर ठिमी नगरपालिको भक्तपुर शिक्षा ऐनमा केन्द्रित रहने र त्यसमा निजी विद्यालय हकहितका लागि कसरी अगाडि बढ्ने भन्ने विषया आफु सक्रिय रहने जानकारी दिएका छन्। उनी नगरमा रहेका अग्रजहरुलाई सल्लाहाकार समितिमा राखेर कस्तो खालको सल्लाह आउँछ र त्यसले सम्पूर्ण मध्यपुरको शिक्षालाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आगामी दिनमा केन्द्रित रहनेछन्।
कार्यक्रममा भक्तपुर जिल्ला प्याब्सन अध्यक्ष श्रीकृष्ण के.सीले राज्यको परिवर्तिन स्वरुप अनुसार प्याब्सनको पनि स्वरुप परिवर्तन भएको उल्लेख गरे।
प्याब्सन भक्तपुर जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्र अधिकारी भने यो नगरस्तरीय चुनावले संगठन अलग हुने र राज्यमा देखाइने एकतामा कमी आउनेमा चिन्तित छन् ।‘हामी कमजोर हुदाँ राज्यले हामीलाई पेल्न सक्छ तर हामी जति भागमा टुक्रिएपनि एकताबद्ध रुपमा अघि बढ्नुपर्छ ।’ उनले सुझाव दिए।
त्यस्तै प्याब्सन केन्द्रिय सचिव तथा भक्तपुर जिल्लाका प्रमुख सल्लाहकार राजकुमार महर्जनले प्याब्सन जिल्ला कार्यलयमा नै नगरका कार्यलय विभाजन गर्नुपर्ने बताए । साथै उनले शिक्षकको तलबको विषयमा पनि बोलेका थिए ।
चुनदेवीस्थित प्याब्सन भक्तपुरको कार्यलयमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा शंकरकर्ण कायस्थ, सचिवमा रत्नमान शङ्खदेव र कोषाध्यक्षमा सुमन बस्नेत छानिएका हुन् । त्यस्तै सदस्यमा आशाहरि प्रजापति, बुद्धरत्न बाँडे, कृष्णहरि श्रेष्ठ, अनिता कायस्थ र मनोज आचार्य दिक्षित चयन भएका छन् ।
सुर्यविनायक नगर कार्यसमिति र चाँगुनारायण नगर कार्यसमितिको चयन आज हुँदैछ ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव