टिम ब्लडपलद्वारा अन्तरविद्यालय चित्रकला कार्यक्रम सम्पन्न

काभ्रे । टिम ब्लडपलको आयोजनामा नेपाल बनेपा पोलिटेक्निक इन्स्टिट्युटमा गत शनिवार अन्तर बिद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ‘जिवन रक्षाको निम्ती ऐक्यबद्दता′ शिर्षकमा भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका कक्षा ७ देखी ९ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो। बनेपा इन्स्टिट्युट अफ म्युजिक एण्ड आर्ट्स, सुकुल म्युजिक स्टोर, नेवा किचेन, सुजुकी संस्थाको सहयोगमा प्रतियोगिता आयोजना भएको थियो।

रक्तदान गर्ने ब्यक्ति र रगत प्राप्त गर्ने ब्यक्ति बिच राम्रो सम्बन्ध कायम गर्नु, अस्पतालमा सल्यक्रियाको समयमा गुने रगतको अभाव र रक्तदानको महत्त्वको बारेमा जानकारी दिनु, साथै जिबन रक्षाको निम्ती ब्यक्ति, परिवार, समाज र समुदायको भुमिकाको बारे प्रकाश पार्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। प्रतियोगीहरुले दिईएको समय भित्र रक्तदानको महत्त्व दर्साउदै ,आफ्नो सोचलाइ चित्रकला मार्फत प्रस्फुटन गरेका थिए । चित्रकला प्रतियोगिताको निर्णयका लागी निर्णायकमण्डल द्वारा छानिएका १० उत्कृष्ट चित्रहरूलाई अनलाइन भोटिङ मार्फत प्राप्त अङ्कहरुको आधारमा लिइनेछ। साथसाथै प्रतियोगीहरुले पाएको अंकका आधारमा सर्वोत्कृष्ट टोली छानिने जानकारी कार्यक्रममा दिईएको थियो।

“विगत २ वर्षदेखि ब्लडपलले फेसबुक लगायत विभिन्न सञ्चार माध्यमको प्रयोग गरी आकस्मिक रगत अभावको अवस्थामा रक्तदाताहरुको सम्पर्क गरेर रक्तव्यवस्थापन गर्न सहयोग गर्दै आईरहेकोमा भविष्यमा पनि अरुलाई प्रोत्साहित गर्दै यसलाई सरल अनि सर्वसुलभ बनाउन बिभिन्न कार्यक्रम गर्दै जाने छौं।” ब्लडपल अभियानका प्रमुख संयोजक सुशन कर्मचार्यले बताउनु भयो।

 

:358 Views

Leave a Reply