असल संस्कारको विकासमा एसएस कलेज

भक्तपुर, १७ मंसिर। भक्तपुरको ठिमीस्थित एसएस कलेजको १३ औं स्थापना दिवस एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ।
गुणस्तरीय शिक्षाका साथै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको ज्ञान, सीप एवं असल संस्कारको विकासमा एसएस कलेज प्रतिब्रध रहेको कलेजले जनाएको छ।
कार्यक्रममा कलेजद्धारा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा पहिलो भएको लर्डबुद्ध ई.स्कुल र दोस्रो भएको एक्टिभ इङ्लिश स्कूलका विजयी विद्यार्थीलाई पदक एवं प्रमाणपत्र प्रदान गरिएको थियो। साथै कलेजद्धारा आयोजित वार्षिक खेलकुदमा उत्कृष्ट भएका एसएस कलेजका पाँच दर्जन विद्यार्थीलाई पनि पुरस्कृत गरेको थियो ।
कलेजका नेपाली शिक्षक डिल्लीराम ढकाललाई नेपाली भाषाको विकासमा पुर्याइएको योगदानका लागि सम्मान गरिएको थियो । मिस भक्तपुर २०१८ की विजेता रोशीका देउजा र कलेजका उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र, कलेज व्यवस्थापन समितिका अध्यक्ष श्रीनारायण यादव, कलेजका प्राचार्य राजनप्रसाद काफ्ले र गायिका पारु रञ्जित लगायतको सहभागीता थियो।
कार्यक्रममा सन्देशमूलक नाटक, राष्ट्रिय भावका गीत एवं नृत्य प्रस्तुत गरिएको थियो।
:405 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव