शिक्षकदेखि सरकार तर्सेको ठहर, थप आन्दोलनका कार्यक्रमै स्थगित

काठमाडौं । पढाउन छोडेर आन्दोलनमा उत्रिएर सर्बसाधारणदेखि शिक्षाविद्सम्मको आलोचना खेपेको नेपाल शिक्षक महासंघले मंसीर २१ गतेको कार्यक्रम स्थगित गरेको छ ।

नेपाल शिक्षक महासंघले गत मंसीर १४ गते काठमाडौंमा जुलुस र विरोध सभा गरेको थियो ।

गत जेठ १७ गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरुले पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्मको आन्दोलन गर्ने क्रममा गत मंसीर १४ गते काठमाडौंमा जुलुस र सभा गरेको थियो । सो जुलुसमा शिक्षकहरुको व्यापक सहभागिता रहेको थियो । सो दिन पढाउँदै नपढाइकन जुलुसमा गएका कारण शिक्षकहरु निक्कै आलोचित बनेका थिए । त्यसरी आलोचित बनेका शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले भने सो जुलुसमा व्यापक सहभागिता देखेपछि सरकार तर्सेको दाबी गरेको छ । सरकार तर्सेकै कारण सरकारले मंसीरर ९, १० र १५ गते वार्ताका लागि ३ वटा पत्र पठाएको जनाउँदै आगामी कार्यक्रम स्थगित गरिएको महासंघले १८ गते प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र हामीबीच पटकपटक अनौपचारिक छलफल समेत भई सार्थक वार्ताको वचनवद्धताका साथ मन्त्रालय समिति तथा आवद्ध संस्थाका उपलब्ध तथा महासचिवको बैठक बसी १२ सदस्यीय वार्ता समिति निर्माण गरी आजैबाट वार्ता प्रारम्भ गरिएको छ । जिम्मेवार टे«ड युनियन भएको नाताले जिम्मेवारपूर्वक वार्तामा रहँदा हामीले २०७५ मंसीर २१ गतेको काठमाडौं जाऔं अभियान आन्दोलनको कार्यक्रम स्थगित गरेका छौं । हामी छिटोभन्दा छिटो परिणाममुखी वार्ताद्वारा शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या हल गर्न चाहन्छौं ।

यो पनि पढ्नुस :https://nuwagi.com/2908/

वार्तमा शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेल, नेपाल सरकारका तर्फबाट वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बराल, शैक्षिक संबाद समिति संयोजक सूर्य गौतम, मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्याल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, कानुन मन्त्रालयका प्रतिनिधि सहसचिब लीलादेवी गड्तौला, अर्थ मन्त्रालयका प्रतिनिधि थानप्रशाद पङ्गेनी थिए भने नेपाल शिक्षक महासंघका तर्फबाट अध्यक्ष बाबुराम थापा, सहअध्यक्ष पुर्ण दुवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपाध्यक्ष तिलक कुँवर, संघका अध्यक्ष राजेन्द्रराज पौडेल, संगठनका अध्यक्ष लक्ष्मण शर्मा, एकीकृतका अध्यक्ष शंकर अधिकारी , अखिलका लछिराम ढकाल, कुलप्रसाद खतिवडा, रमेश रुपाखेती, हंसबहादुर शाही, शेरबहादुर अधिकारी, हेमचन्द्र महतो, बहादुर खड्का, प्रदिप श्रेष्ठ, बिष्णु भण्डारी लगायतका उपस्थिति रहेको थियो ।

नेपाल शिक्षक महासघले १ सदस्यपछि थप हुनेगरी १३ सदस्य समावेशी वार्ता टोली निर्माण गरेको छ ।आजबाट एजेन्डागत ३२ सूत्रीय मागमा दफावार छलफल हुने महासंघले जनाएको छ ।

:730 Views

Leave a Reply