बेबिलोनमा पहिलो पटक नारायण गोपाल स्मृति साँझ

काठमाडौं, २० मंसिर। काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै उनको २८ औं स्मृति साँझ मनाएको छ। स्कुलले पहिलो पटक बेबिलोन स्व.नारायण गोपाल साँझ आयोजना गरेको हो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजु राई, शिक्षक र विद्यार्थीले स्व.स्वरसम्राटको तस्वीरमा माला लगाइदिएका थिए।
विद्यालयका संगीत शिक्षक तथा गायक प्रकाश आचार्य, सागर गौतम, मोतिकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरु प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामाङले स्वर्गीय स्वरसम्राटका २ दर्जनभन्दा बढी गीत गाएका थिए ।
कार्यक्रममा वरिष्ठ गीतकार नारायणकुमार आर्चायको पनि सहभागिता थियो।
:498 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव