एरुडाइट एकेडेमीमा नृत्य, गायन र चित्रकला प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि लोकन्थलीस्थित एरुडाइट एकेडेमीले नृत्य, गायन तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । नृत्यमा कुल २६ जना प्रतिस्पर्धी मध्ये सिनियरतर्फ अप्सरा श्रेष्ठ, श्रद्धा गुरुङ्ग र रिजा सिंह क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् भने जुनियरतर्फ सजिना राई, सर्गम साउद र आर्जु सत्याल क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् । त्यसै गरी एकल गायन प्रतियोगितामा जम्मा १६ प्रतियोगी मध्ये सिनियरतर्फ प्रियङ्का राई, अनमोल पन्त र बृजल राई क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् भने जुनियरतर्फ प्रशान्त कार्की, सन्दिप राई र आर्यन सत्याल क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् । त्यस्तै चित्रकला प्रतियोगितामा जम्मा ५६ प्रतियोगी मध्ये जुनियर तर्फ दुई–दुई जनाका दरले सुशान्त विष्ट र सकिल लामा प्रथम, युवराज लामा र आशिष सुनुवार द्वितिय, आशिका राई र अमिर राई तृतिय भएका छन् भने सिनियरतर्फ एक–एक जनाका दरले शनिस राउत प्रथम, अनिस परियार द्वितिय र सर्मिला साउद तृतिय भएको जानकारी विद्यालयका प्राचार्य दिनेश पाण्डेयले गराएका थिए । विद्यार्र्थाेको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाइने पनि प्राचार्य पाण्डेयले बताए ।
विद्यालयका अध्यक्ष सुरेन्द्र कुमार खरालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्राज्ञिक सल्लाहकार डी.पी. भट्टराईले त्रि.वि. बाट प्राप्त विद्यावारिधि उपाधिका लागि विद्यालय परिवारका तर्फबाट विशेष सम्मानका साथै कदरपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव