ज्ञान निकेतनलाई बास्केटबलको उपाधि

भक्तपुर । एभरेष्ट इगलिश स्कुल मिवाछें भक्तपुरको आयोजनामा भएको चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको जुनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन सेकेण्डरी इगलिश स्कुल काठमाडौले हात पारेको छ ।
आइतबार भएको फाइनल खेलमा हिमालय इगलिश वोर्डिग हायर सेकेण्डरी स्कुल काटेश्वर काठमाडौलाई १४ का विरुद्ध ३१ प्वाइन्टसले पराजित गरी ज्ञान निकेतनले उपाधि हात पारेको हो ।
मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने नाराका साथ आइतबार नै भएको सिनियर व्याइजतर्फको उपाधि होप भ्याली स्कुल काठमाडौले जितेको छ । हिमालय इगलिश बोर्डिग हायर सेकेण्डरी स्कुललाई १७ का विरुद्ध १९ प्वाइन्टसले होप भ्याली विजयी भएको हो । सिनियर व्याइज खेल थ्री अन थ्री (तीनतीन जना) वीच भएको थियो ।
साथै यसअघि आइतबार नै भएको गल्र्सतर्फको उपाधि इनोभेटिभ इगलिश स्कुल ललितपुरले जितेको छ । श्री चन्द्रविन्दु इन्टरनेशनल वोर्डिग स्कुल काठमाडौलाई पराजित गरी इनोभेटिभ विजयी भएको हो ।
प्रतियोगिताका विजयी स्कुल तथा खेलाडीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा रेफ्री सुवाश दर्शनका साथै सहभागी स्कुलहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित २७ विद्यालय प्रतिस्पर्धामा थिए । प्रतियोगितामा ४९ टिम सहभागी रहेका थिए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, कमलादेवी अमात्य भण्डारीलगायतले प्रतियोगितामा हारजित भन्दा पनि मित्रता ठूलो रहेको बताए ।
:648 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव