पुस पहिलो साताबाट एजे भलिबल कप

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित आदर्श ज्योति(एजे) इङ्लिश सेकेण्डरी स्कुलको आयोजनामा पुस ७ गतेबाट ‘एजे कप अन्तर विद्यालय भलिबल टुर्नामेन्ट’ हुने भएको छ।
पाँचौ संस्करणको हुने सो स्पर्धामा छात्र र छात्रा दुबै समूहले भाग लिन पाउने विद्यालयले जनाएको छ। माध्यमिक तहमा अध्ययनरत विद्यार्थीबीच हुने सो प्रतियोगितामा एउटामात्र समूह दर्ता गर्न रु. ३ हजार र दुई वटा समूह दर्ता गर्न रु. ५ हजार लाग्ने छ । प्रतियोगिता नेपाल भलिबल संघको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।
प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई सिल्ड, मेडल र नगद प्रदान गरिने भएको छ । साथै उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र सर्भरलाई पनि पुरस्कृत गरिने स्कुलले जनाएको छ ।
स्पर्धा पुस १० गते सकिने आयोजकले जनाएको छ । राष्ट्रिय खेलको रुपमा भलिबललाई घोषणा गरेपछि खेलको विकासको लागि नियमित रुपमा स्पर्धा गरिरहेको विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले बताए ।
स्पर्धा सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरिएको राष्ट्रिय भलिबल रेफ्री रुकेश शाहीले बताए ।
:722 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव