फेका अन्तरविद्यालय चित्रकला तथा हस्तलेखन प्रतियोगिता सम्पन्न

काठमाडौं, १७ जेठ । पेप्सीकोलास्थित प्रितिमा सेकेन्डरी स्कुलले कक्षा ५ सम्मका विद्यार्थीहरुको सहभागितामा फेका अन्तरविद्यालय चित्रकला तथा हस्तलेखन प्रतियोगिता गरेको छ ।
जम्मा २१ विद्यालयको सहभागिता रहेको चित्रकलाको स्पर्धामा गोठाटारको गोठाटार इंग्लिस स्कुलका प्रमोद मगर प्रथम, कस्मिक इन्टरनेशनल एकेडेमीका हर्षित पन्त द्धितीय र पुष्पबाटिका स्कुलका प्रिन्सि जेसवाल तृतीय भएको आयोजक विद्यालयले जनाएको छ ।
त्यस्तै नेपाली हस्तलेखन प्रतियोगितामा करियर इन्टरनेशनल एकेडेमीका निर्जला बानियाँ, गोल्डेन वर्ड स्कुलका सपना ढकाल, प्रितिमा सेकेन्डरी स्कुलका सुरज चौधरी क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् ।
त्यस्तै अंग्रेजी हस्तलेखनमा मनांक चिल्ड्रेन्स स्कुलका आदित्य राई प्रथम, विद्या विकास स्कुलका आर्जन दहाल द्धितीय र पुष्पबाटिका स्कुलका ममता खड्का तृतीय भएका छन् ।
कार्यक्रमका विजयी विद्यार्थीहरुलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष विमल थापा र कार्यक्रम संयोजक एवं आयोजक स्कुलका प्रधानाध्यापक मुरारीप्रसाद सन्जेलले संयुक्त रुपमा ट्रफी, मेडल प्रदान गरेका थिए ।
हस्तलेखनका निर्णायक अभिषेक घिमिरे र चित्रकलाका निर्णायकले विद्यार्थीले गरेका गल्तीलाई औल्याउँदै ती गल्ती नदोहो¥याउन आग्रह गरेका थिए ।
:629 Views
सम्बन्धित अभिलेखहरू
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न
गोल्डन सुनगाभाको अनलाइन नतिजा प्रकाशन
भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने
ट्रीटन इन्टरनेशनल कलेजको अनलाइन कक्षा शुरू
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव