क्यान्सर पीडित शिष्यलाई विद्यालयको साथ

मध्यपुर थिमी |ग्ल्याडस्टोन एकेडेमीमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनका तर्फबाट विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत ३ वर्षीय बालक आयुष शर्मालाई ब्ल्ड क्यान्सर रोगको उपचारका लागि सहयोग स्वरुप ८६,२६५/-रु. (छयासी हजार दुई सय पैंसट्ठी) रुपैयाँ विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले बालककी आमा प्रमिला शर्मालाई हस्तान्तरण गरे।
विगत १ महिनादेखि कान्ति बाल अस्पताल महाराजगन्जको सघन कक्षमा उपचाररत बालक शर्माका मातापिता सामान्य नोकरी गरि आफ्ना एक छोरी र एक छोराको लालनपालन र शिक्षादीक्षाको खर्च जोहो गर्दै आएका छन् । थप उपचारका लागि भारत लैजान पर्ने खवर डाक्टरले दिएपछि मर्माहत बनेकी आमा प्रमिला शर्माले विद्यालयसंग सहयोगको अपिल गरेसँगै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी वर्गबाट स्वस्स्फुर्त रूपमा आर्थिक सहयोगको भावना जागृत भएको विद्यालयका प्रधानाध्यापक कोइरालाले बताए।
पर्वतका स्थानीय बासिन्दा शर्मा परिवार हाल मध्यपुर थिमी नगरपालिका वडा न।९ बोडे टाउनप्लानिङगमा बस्दै आएका छन् । सामन्य नोकरी गरि घरखर्च चलाउँदै आएको परिवारमा एक्कासि ३ वर्षीय बालक छोरामाथि परेको बज्रपातले भावविह्वल बन्दै आमा सहयोगी मन र उदार हृदयको खोजीमा छिन् । आवश्यक रकम समयमै जोहो गर्न सके बालक छोराको उपचार हुने थियो र सन्तोषको सास फेर्न पाइन्थ्यो। लामो सुस्केरा हाल्दै आमा शर्माले विद्यालय सामु दुस्ख व्यक्त गरिन।
ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community) का रुपमा विगत लामो समयदेखि समाजको समस्यालाई आफ्नै समस्या ठानी समाधानका लागि आर्थिक तथा मानवीय सहयोगमा दत्तचित्त ग्ल्याडस्टोन एकेडेमी एक सामाजिक शिक्षा केन्द्रको रूपमा आफूलाई विकसित गर्न निरन्तर प्रयासरत रहेको विद्यालय श्रोतले जनायो।

:481 Views

Leave a Reply