हाजिरीजवाफ प्रतियोगितामा चाँगुनारायण मावि प्रथम
२१ मंसिर, भक्तपुर– सार्वजनिक मावि संयुक्त परीक्षा समितिको वार्षिक कार्यतालिकाअनुसार वागीश्वरी माविको आयोजनामा विज्ञान हाजिरीजवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि संयुक्त परीक्षा समितिका अध्यक्ष वासु माविकी प्रधानाध्यापक अम्बिका न्याइच्याइले विद्यार्थीको चौतर्फी विकासको लागि सबै पक्षमा सबल हुनुपर्ने भएकोले संयुक्त परीक्षा समितिले बौद्धिक, सांस्कृतिक र खेलकुद लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएको जानकारी दिनुभयो ।
प्रतियोगितामा चाँगुनारायण माविका अन्जु तामाङ र गणेश रावलको समूह प्रथम, बासु माविका रशिला आचार्य र रोशन परियारको समूह द्वितीय, तारा माविका विवेक अधिकारी र मुस्कान चौगुठीको समूह तृतीय र ज्योति माविका विमल खुलीमुली र श्रीजाता खुलीमुलीको समूह सान्त्वना भएका थिए ।
पुरस्कृत विद्यार्थीहरुलाई प्रमुख अतिथि न्याईच्याईले प्रमाणपत्रसहित पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा शारदा माविका प्रअ रोशन राज तुईतुई, आदर्श माविका प्रअ श्रीकृष्ण किसी, विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापति, शिक्षक उकेश सुवाल र शिक्षक विश्वेश्वर मानन्धरले पनि बोल्नुभएको थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
वागीश्वरीमा नवागन्तुक विद्यार्थीहरुलाई स्वागत
अन्तरविद्यालय वक्तृत्वकलामा विजय ढुंगेल पहिलो
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव